२१ बैशाख २०८१, शुक्रबार

भगौडाहरु हामीलाई संसदवादी भन्दै चिच्याउदै भागे :विप्लव

युवा संगठन नेपाल काठमाडौं जिल्लाको भेला सम्पन्न

0

काठमान्डौ: नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल काठमाडौं जिल्लाको भेला तथा पार्टी ध्रुवीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’ले आफुहरु माथि लगाउने गरेको संसदबादी आरोप भगौडाहरुले लगाउने आक्षेप मात्रै भएको बताए । 

उनले भने ‘कायर, डरछेरुवा,भगौडा र आत्मसमर्पणकारीहरुले हामीलाई संसदवादी भन्ने गरेका छन’, उनीहरु पार्टीबाट अत्तालिएर चिच्याउदै भागेका हुन ।’

नेपालमा दलाल पुँजीवादको साँढे जनताको ढाडमा टेकेर कुदिरहेको जिकिर गरे । दलाल पुँजीवादको साँढेले नेपाल र नेपाली जनतालाई बेच्न तल्लिन रहको आज पुष्टि भएको बताए । उक्त दलाल पुँजीवादको साँढेलाई नत्थी लाएर रत्नपार्कमा पल्टाउने काम अबको पुस्ताको जिम्मेवारी रहेको भन्दै एकीकृत क्रान्तिमा सहभागी हुन युवाहरुलाई अपिल समेत गरे ।

एमसिसी मार्फत अमेरिकी सेना नेपाल आए चारपाटा मोडेर थानकोट कटाए हुन्छ भन्ने नेपाली काँग्रेसका युवा नेता गगन थापालाई अब मुग्लिन कटाउनुपर्ने टिप्पणी गरेका थिए। उनले भने ‘कांग्रेसका मान्छेले बुझ्नुपर्छ मालिक निर्मम हुन्छ । मालिकसँग त लड्नेहरु मात्रै टिक्छन’ । 

आगामी महाधिवेशनलाई भब्य र सफल बनाउन युवा संगठन नेपाल जनताको घरघर पुग्न विप्लबले निर्देशन दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।