१३ बैशाख २०८१, बिहीबार

बिद्यार्थीले प्रबन्ध निर्देशक ‘झा’लाई दले कालोमोसो

0

काठमान्डौ: नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई कालोमोसो दलेर जनकारबाही गरेको छ। प्रबन्ध निर्देशक झालाई सरकारी बिधालयहरुमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव र भ्रष्टाचारको आरोपमा कार्वाही गरेको हो ।

अखिल(क्रान्तिकारी) केन्द्रीय समितीले प्रबन्ध निर्देशक झालाई कार्वाही गर्नुको कारण सहितको पर्चा जारी गरेको छ। क्रान्तिकारीद्वारा जारी पर्चामा देशैभरीका सरकारी बिद्यालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव गराएको, राजधानीमै पाठ्यपुस्तकको चरम अभाव गराएको, जनक शिक्षा समाग्री केन्द्रमा लामो समयदेखी चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेको, निजि दलाल शैक्षिक संस्थासंग मिलेर जनक शिक्षा समाग्री डुबाउने खेलमा लागेको र जनताका छोराछोरीको भविस्य माथी चरम खेलवाड गरेको उल्लेख गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।