३ आश्विन २०८१, बिहीबार

विद्यालय शिक्षा विधेयक–२०८० विरुद्ध सराेकारवालाले घोषणा गरेको संघर्षको कार्यक्रमप्रति नेकपाद्वारा समर्थन

0

काठमाडौं: नेपाल सरकारले हालै ‘विद्यालय शिक्षा विधेयक –२०८०’ को मस्यौदा संसद सचिवालयमा दर्ता गराएपछि सराेकारवाला पक्षले गरेको विरोध र घोषणा गरेको संघर्षको कार्यक्रमप्रति नेपाल कम्युनिस्ट पार्टीले ध्यान गम्भीर आकर्षण भएको जनाएको छ ।

पार्टीका प्रवक्ता प्रकाण्ड सीले आज एक वक्तव्य जारी गरी सरोकारवाला पक्षले उठाएका मुद्दाको सम्बोधन गरि शिक्षा विधेयकलाई अगाडि बढाउन नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

विद्यार्थीको मौलिक हकको संवैधानिक प्रावधानका विरुद्ध दलाल पुँजीवादीहरुको शिक्षालाई निजीकरण गर्ने र अकुत मुनाफा सोहोर्ने व्यापारीकरणलाई परिलक्षित गरि ल्याइएको ‘विद्यालय शिक्षा विधेयक –२०८०’ विरुद्ध नेपाल शिक्षक महासंघ, विद्यार्थी संगठन र सराकारवालाहरुले उठाएको न्यायपूर्ण आवाज र घोषणा गरेको संघर्षको कार्यक्रमप्रति नेकपाले ऐक्यबद्धता जाहेर तथा दृढ समर्थन गरेको छ ।

वक्तव्यमा भनिएको छ,’शैक्षिक सवाल नेपाली जनताको आधारभूत आवश्यकता र नेपाली विद्यार्थीहरुको मौलिक हकको सवाल हो । कुनै पनि जनपक्षीय राज्य र सरकारले आफ्नो दायित्व भित्र ल्याएर विद्यार्थीहरुलाई सर्वसुलभ, निशुल्क र वैज्ञानिक शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नुपर्छ । बडो विडम्बना, आफ्नै संविधानको धज्जी उडाएर नेपाली विद्यार्थीको मौलिक हकको संवैधानिक प्रावधानका विरुद्ध दलाल पुँजीवादीहरुको शिक्षालाई निजीकरण गर्ने र अकुत मुनाफा सोहोर्ने व्यापारीकरणलाई परिलक्षित गरि ल्याइएको ‘विद्यालय शिक्षा विधेयक –२०८०’ विरुद्ध
नेपाल शिक्षक महासंघ, विद्यार्थी संगठन र सराकारवालाहरुले उठाएको न्यायपूर्ण आवाज र घोषणा गरेको संघर्षको कार्यक्रम प्रति हाम्रो पार्टी ऐक्यबद्धता जाहेर गर्दछ र दृढ समर्थन गर्दछ ।’

वक्तव्यमा अन्त्यमा लेखिएकाे छ,’अब बन्ने शिक्षा नीति र विधेयकप्रति आम नेपाली विद्यार्थी, अभिभावक, शिक्षक, शैक्षिक व्यवसायी र नेपाली जनताको चासो र अधिकार रहन्छ । हकवाला र सरोकारवाला पक्षले उठाएका मुद्दाको सम्बोधन गरि शिक्षा विधेयकलाई अगाडि बढाउन नेपाल सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

विज्ञप्तिकाे पूरा पाठ-

१) नेपाल सरकारले हालै ‘विद्यालय शिक्षा विधेयक – २०८०’ को मस्यौदा संसद सचिवालयमा दर्ता गराएपछि सरोकारवाला निकायहरुले गरेको विरोध र नेपाल शिक्षक महासंघ, नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लगायतका संघ–संगठनहरुले घोषणा गरेको संघर्षको कार्यक्रमप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ । सरकारले शिक्षा विधेयक ल्याउदा सरोकारवाला पक्षहरुले विरोध गर्नु पर्ने र संघर्षमा उत्रिनु पर्ने अवस्थाको पार्टी घोर निन्दा एवं भत्सर्ना गर्दछ ।
२) शैक्षिक सवाल नेपाली जनताको आधारभूत आवश्यकता र नेपाली विद्यार्थीहरुको मौलिक हकको सवाल हो । कुनै पनि जनपक्षीय राज्य र सरकारले आफ्नो दायित्व भित्र ल्याएर विद्यार्थीहरुलाई सर्वसुलभ, निशुल्क र वैज्ञानिक शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नुपर्छ । बडो विडम्बना, आफ्नै संविधानको धज्जी उडाएर नेपाली विद्यार्थीको मौलिक हकको संवैधानिक प्रावधानका विरुद्ध दलाल पुँजीवादीहरुको शिक्षालाई निजीकरण गर्ने र अकुत मुनाफा सोहोर्ने व्यापारीकरणलाई परिलक्षित गरि ल्याइएको ‘विद्यालय शिक्षा विधेयक –२०८०’ विरुद्ध नेपाल शिक्षक महासंघ, विद्यार्थी संगठन र सराकारवालाहरुले उठाएको न्यायपूर्ण आवाज र घोषणा गरेको
संघर्षको कार्यक्रम प्रति हाम्रो पार्टी ऐक्यबद्धता जाहेर गर्दछ र दृढ समर्थन गर्दछ ।
३) अब बन्ने शिक्षा नीति र विधेयकप्रति आम नेपाली विद्यार्थी, अभिभावक, शिक्षक, शैक्षिक व्यवसायी र नेपाली जनताको चासो र अधिकार रहन्छ । हकवाला र सरोकारवाला पक्षले उठाएका मुद्दाको सम्बोधन गरि शिक्षा विधेयकलाई अगाडि बढाउन नेपाल सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।