३१ भाद्र २०८१, सोमबार

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन माघ १० गतेदेखि काठमाडौंमा हुने

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आगामी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
उक्त संगठनद्वारा मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले २३ औं राष्ट्रिय सम्मेलन आगामी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने जानकारी दिदै संगठनको नाम परिवर्तन हुन सक्ने बताए ।
उनले भने,-‘संगठनको नामका विषयमा पनि यो सम्मेलनमा छलफल गर्नेछौं । पछिल्लो समय माओवादी आन्दोलनमा देखिएको समस्या र पार्टीहरुको भातृ संगठनको नाम एउटै हुँदै गर्दा कतिपय हाम्रा संगठनले गरेको राम्रा कामहरु पनि सोलोडोलोमा हाल्ने र त्यसको गलत मूल्याङ्कन गर्ने परम्परा देखिएको छ । हाम्रो आफ्नै पहिचान स्थापित गर्ने कार्यभार हाम्रो समक्ष छ । त्यसैले २३ औं राष्ट्रिय सम्मेलनबाट संगठनको नयाँ नाम राख्ने सोचिरहेका छौं ।’
उनले नेपालको पछिल्लो विद्यार्थी आन्दोलन सत्ता पक्षिय जस्तो देखिएको उल्लेख गर्दै नेपालमा पछिल्लो समय स्वाधीनताको लडाईँ पेचिलो बन्दै गएको र राष्ट्रिय सम्मेलनमा यस बारेमा व्यापक छलफल हुने बताए ।
उनले अहिले संसद्मा दर्ता भएको शिक्षा विधेयक लहैलहैमा आएको उल्लेख गर्दै यो विधेयक पास गरेर बेलगाम शिक्षामा व्यापार हुने, धार्मिक व्यापार फस्टाउने बताए । उनले शिक्षालाई प्रविधि मैत्री र प्राविधिक बनाउन पर्नेमा यो विधेयक कर्मकाण्डी भएको टिप्पणी गरे ।
यसैगरी उक्त पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले केन्द्रीय समिति बैठकका निर्णय वाचन गरेका थिए । 

विज्ञप्तिकाे पूरा पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।