३ आश्विन २०८१, बिहीबार

लालरत्न अस्पतालको गम्भीर त्रुटीले कालिकोटका एक किशोरीको मृत्यु, तीन लाखमा घटना सामसुम

0

बाँके: लम्कीकाे लालरत्न अस्पतालको गम्भीर त्रुटिले कालिकोटका एक किशोरीको अकालमा मृत्यु भएको छ । नरहरीथान गाउँपालिका वडा नम्बर  ६ माल्कोट धनपाटा स्थायी घर भएकी र हाल कैलालीको लम्की नगरपालिका १ थकालीपुर बस्ने १६ वर्षिय सुजता विकको डाक्टरको उपचारमा गम्भीर त्रुटीले अकालमा मृत्यु भएको हो ।
सुजाता बुवा धीर विक र आमा पदमकला विकको छोरी हुन् । उनी लम्कीमै वसेर अध्ययन गर्ने योजनाले हालै कालिकोटबाट आएकी थिईन । सुजाता माल्कोटको सेरापालमा रहेको स्कुलमाम कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । उनको पढ्ने सपना भने लालरत्न अस्पतालका डाक्टरले उपचारमा गरेको गम्भीर त्रुटीले अधुरो भएको छ ।
सुजाता सामान्य पेट दुखेपछि भाद्र २९ गते लम्कीकाे लालरत्न अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई अस्पतालका डाक्टर प्रभात गिरीले एपेण्डीसाईड भएको र तुरुन्त अप्रेसन गर्नु पर्ने बताएछि सुजाताकोे साझ ७ बजे अप्रेसन भएको उनका बुवा धिरले बताए ।
उनका अनुसार अप्रेसनमा डाक्टरको गम्भीर त्रुटीले बिरामीको मृत्यु हुने खतरा भएपछि अस्पताल प्रशासनले भाद्र ३० गते विहान १० बजेतिर विरामीलाई नेपालगंजको नरसिंह होममा रिफर गरेको थियो ।
तर छोरी सुजाताको भाद्र ३१ गते नेपालगंजको नरसिंह होममा मृत्यु भएको बुवा धिरले बताए । उनले अस्पतालको गम्भीर त्रुटीले छोरीको ज्यान गएको बताए ।
लालरत्न अस्पतालको गम्भीर लाप्रर्वाहीले बिरामीको मृत्यु भएपछि पीडित परिवारले दोषी डाक्टरलाई कार्वाही र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिन माग गरेका थिए । पीडित परिवारको यो मागमा नेकपाले समेत साथ दिदै सहयोग गरेको थियो ।
अस्पताल प्रशानसंग नेपाल कम्युनिष्ट पार्टीको पहलमा पीडित परिवारलाई संगै राखेर छलफल गरी पीडित परिवारलाई पाँचलाख रुपैया दिन अस्पताल प्रशासन तयार भएको बेला रातरात त्यो कुराबाट अस्पताल प्रशासन पछाडि हटेको नेकपाका नेता रणदिपले जानकारी दिए ।
अस्पताल प्रशासनले षड्यन्त्रपूर्ण तरिकाले पीडित परिवारलाई राती नै कव्जामा लिएर केवल तीन लाख रुपैयाको चेक मृतकका वुवाको नाममा दिएर घटना सामसुम पारेको छ । यो घटनालाई सामुसुम पार्नेमा नेकपा माओवादी(केन्द्र)का स्थानीय कार्यकर्ता समेत रहेको नेता रणदिपले आरोप लगाए ।
मृतकका बुवा धीरले भने अस्पताल प्रशासनबाट क्रिर्या खर्च स्वरुप तीनलाख रुपैयाको चेक वुझेको वताए ।
उनले तीनलाख रुपैयाको चेक वुझेपनि छोरीको अकालमा ज्यान गएकाले त्यसमा आफू अन्तुष्ट नभएको वताए । उनले आफू भारतमा रहेको र छोरी विरामी भएर अस्पताल छ भन्ने कुरा थाहा पाएपछि टिकापुर पुगेको वताए ।
नेकपाका कार्यकर्ताले भने विगमा पनि लालरत्न अस्पतालको गम्भीर लाहप्रर्वाहीले धरै विरामीको अकालमा ज्यान जाने गरेको र त्यसको पछिल्लो घटना सुजातको भएकोे बताएका छन् । यो घटनाले अस्पतालमा भएका विरामी समेत आतंकित भएका छ । असक्षम तथा क्षमता नभएका डाक्टरहरु राख्नु र मेडिकल उपकरण पनि राम्रो नहुनुले विरामीको अप्रेसन गर्दा अकालमा जान जाने गरेको स्थानीय पत्रकार पृथ्वीले वताएका छन ।
निजी अस्पतालहरुमा देशभर नक्कली डाक्टरहरुको विगविगी समेत व्याप्त छ । लालरत्न अस्पतालमा नक्कली डाक्टरहरु समेत नहोलान भन्न नसकिने र त्यसको उचित छानविन गरिनुपर्ने एक स्थानीयले बताएका छन ।
यस घटनाकावारे अस्पतालका संचालक तथा निर्देशक लिला विष्ष्टले विरामीको एपिण्डीसाइड विग्रीएकाले वचाउन नसकिएको वताएका छन । उनले एपेण्डिसाईड भएर त्यसमा इन्फेक्सन अथवा मेडिकल भाषामा ‘’सेक्सीज भएका कारण विरामी वचाउन नसकिनेको वताए ।
उनले आफुहरुको त्रुटी भन्दा पनि विरामी ढिलो अस्पतालमा ल्याएको र अपेसनपछि समस्या बढेपछि नेपालगंज रेफर गरिएको बताए । इन्चार्ज विष्टले भाद्र ३० गते नेपालगंज पठाएको बिरामीको भाद्र ३१ गते डेथ भएको स्वीकार गरे ।
उनले राजनैतिक नेताहरुले दबाव वढाएर ७ लाख क्षतिपूर्ति दिनु पर्ने भनिएको वेला बिरामीका आफन्तसंगको कुराकानीमा ३ लाख क्रिर्याखर्च दिएको पनि स्वीकार गरे । चार दिन सम्म नरसिंह होम नेपालगंजमा रहेको मृतक सुजाताको शव भने आजै लम्कीमा पुर्उयाएर दाहसंस्कार गरिदैछ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।