११ कार्तिक २०८१, आईतवार

देश भित्रभित्र ढल्दैछ : डा. सूर्यराज आचार्य (बुद्धिजीवी)

0

चाउ एनलाइ युरोपमा उच्च शिक्षा हासिल गरेका जेहेन्दार विद्यार्थी थिए। म अस्कल क्याम्पसमा पढ्दा पढ्नु मात्र खोज्ने, बुर्जुवा भनेर कारवाहीको कुरा गर्थे । तर मैले पढाई छोडिन। हाम्रो सोच्ने तरिका नै बेठिक छ।
हाम्रो सोच र सामाजिक प्रणालीले राम्रो कुरालाई प्रोत्साहित गर्दैन। खराबलाई अगाडि सार्छ र राम्रोलाई पछाडि पार्छ । सबै क्षेत्रमा त्यस्तै स्थिति छ।
समाजलाई चुस्ने कर्मचारी माथि पुग्छ । इमानदार फालिन्छ । हाम्रो आदर्श नै ठिक भएन । म अस्कल पढ्दा अखिलको कार्यकर्ता थिएँ। कम्युनिस्ट आन्दोलन परिणाम विहिन आदर्श मात्र भयो । आदर्श निर्माणमा नै समस्या छ । हामी मन्त्री बन्न नसक्ने मान्छे होइनौँ । प्रचण्डको एउटा कागजमा सही गर, मन्त्री बन भन्न आउँछन् । ध्रुवीकरण, आदर्श र निरन्तरतामा भयो । निर्माण र परिणाम दिने गरी भएन ।
बुद्धिजीवीहरुमा बौद्धिकता भएन । बौद्धिकताको बिचमा प्रतिस्पर्धा भएन । मैले १७–१८ वर्ष हुँदा भीम रावललाई जून प्रश्न सोधेको थिएँ उनी आज त्यही भोग्दै छन् । मैले संयुक्त राष्ट्र संघमा काम गरें । त्यहाँ पनि खुराफाती मात्र छ । १४ वर्ष जापानको भौतिक पूर्वाधार क्षेत्रमा काम गरें । धर्मराज दाई (चितवनमा कार्यरत वरिष्ठ अधिवक्ता धर्मराज आचार्य लेखकका सहोदर दाजु हुन) अझसम्म वकालत गर्दै हुनुहुन्छ । हामी आदर्श बचाएर बाँचेका छौं । बाँधिएकाहरू बोल्न सक्दैनन् ।
रविन्द्र मिश्र, मुमाराम खनालहरूले नयाँ धार निर्माण गरौँ भनेपछि त्यता लागें । यिनीहरूले समाजमा परीक्षा दिएर आएका छैनन् (मुमाराम खनालले जनयुद्धको समयमा गिरफ्तार भएपछि रेखा शर्मा र कृष्ण ध्वज खड्कालाई गिरफ्तार गराएर परीक्षामा अनुतिर्ण भएका थिए– सम्पादक)। अहिले एमसीसीले सञ्चार क्षेत्रमा मात्र ७,८ अर्ब छुट्याएको छ । काममा ३८ अर्ब पनि जाँदैन । हलरने सबैको मुखमा बुजो लगाइन्छ ।
एमसीसी अमेरिकी सेना भन्दा खतरनाक रुप लिएर आउँछ । यो नाजी भन्दा खराब छ । हिटलरले यहूदी र कम्युनिस्टलाई दुष्ट भन्थ्यो। अमेरिकाले चिनलाई दुष्ट भन्छ । अबको आर्थिक शक्ति एशिया भएर भयो । एमसीसीको नाममा भारतमा सुद धुसार्न आएको हो। पुरानो विकास संस्था जस्तै भन्ने कुरा झूठ हो । जापानले नौविसे–नागढुङ्गा सुरुङ मार्ग बनाएर जसरी विकास गरिदिए भयो नी एमसीसी भन्दा पछाडि एसपीपी आएको हो । तर एउटै डालोमा छन् । यसले नेपाल र अमेरिकाको सम्बन्ध पनि बिगार्छ । विश्वबाट नेपाललाई अलग्याउछ । जनताको सङ्घर्ष सही छ । जनप्रतिरोधको कारण गगन थापाद्वारा अमेरिकी पक्षधरहरू पनि एसपीपीबाट पछि हट्न बाध्य भए ।
सिरिया, लिबिया, अफगानिसतान, अमेरिकी हस्तक्षेपको कारण ध्वस्त भएका हुन । व्यापार समानतामा हुनुपर्यो । लगानी हाम्रो, ठेकेचर भारतको, उर्जा भारत जाने हामीलाई फाइदा के हो देश भित्र–भित्रै दब्दैछ । पुजीवाद र बजार प्रणाली एउटै होइन । यहाँ बौद्धिक भ्रष्टिकरण रहेको छ। उदारवाद विश्वव्यापी सरकरमा परेको छ । अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनी, सबैतिर सङ्कट छ। प्रचण्डसँग विभाजित हुँदा तपाईहरूको पनि प्रतिक्रियात्मक भयो । समाधान के हो रु समाज र संस्कृतिमा नयाँपन चाहिन्छ ।
रविहरु राजनीतिक पृष्ठभूमि नभएका, राजनीतिक संस्कार नभएका, समाजमा परीक्षा नदिएका, जग नै नभएका काँचो इँटाका महल हुन् । त्यहाँ ३ वटा गुटहरु छन् । त्यो धार दुई–तीन वर्षमा विघटन हुन्छ । मेरो पालामा सिपी मैनाली नायक थिए । आजको पुस्ताले गगन, केपी, रवि, प्रचण्ड, विप्लवलाई चिन्छ । डिजोका नायक फेज आउट भए । तपाईहरूले अवसर खेर फाल्नु भयो भने उस्तै हुनेछ ।
साना–साना विषयमा पकड बढाउँदै लगेर देशहरुलाई नियन्त्रण गरिन्छ । ब्रिटेनले भारत कसरी कब्जा गर्याे थाहै छ । एमसीसीले देशलाई विस्तार नियन्त्रण गर्दै जान्छ ।
(आचार्यसँग हालै गरिएको, छलफलको सम्पादित अंश, शिर्षक हामीले दिएका हौँ– समाादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।