२१ बैशाख २०८१, शुक्रबार

गणतन्त्र र संविधानको फल जनताको हातमा पुग्न सकेन : अधिवक्ता एकराज भण्डारी

0

काठमाडौँ: जनअधिकार नेपालका संयोजक तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अहिलेको संविधान र गणतन्त्रको फल जनताको हातम पुग्न नसकेको भन्दै संविधान पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् ।सरकारले देशव्यापी संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाइरहेको बेला सञ्चारकर्मीसङ्ग संक्षिप्त प्रतिक्रिया दिदै भण्डारीले यस्तो टिप्पणी गरेका हुन् ।

असोज ६ गते हुने जनअधिकार अभियान नेपालको साधारण सभा तथा प्रगतिशील कानुन व्यवसायीको राष्ट्रिय सम्मेलनको पूर्व तयारीबारे जानकारी दिने क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले नेपालको संविधान बनेको ८ वर्ष भएपनि जसले गणतन्त्र, शान्ति र परिवर्तनका लागि योगदान गरे उनीहरुको सपना पूरा नभएको बरु देशमा अस्थिरता, अराजकता र कुशासन हाबी भएको बताए ।

“अहिलेको संविधानमा कैयौं राम्रा र प्रगतिशील प्रावधान छन् संविधानले अङ्गीकार गरेको संसदीय प्रणाली र विद्यमान निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुका कारण जनताले गणतन्त्रको अनुभूति गर्न सकेका छैनन् ” उनले भने,-“यस्तै अवस्था रह्यो भने देश अझै अफ्ठ्यारो दिशामा धकेलिने खतरा छ ।”

संविधानमा शिक्षा, स्वास्थ, रोजगारी लगाएतका राम्रा र जनपक्षीय कुराहरू लेखिएको भएपनि समजको वर्गसंरचना र राज्यको दलाल पुँजीवादी चरीत्रका कारण संविधानमा व्यवस्था गरिएका मौलिक अधिकार समेत कार्यान्वयन हुने स्थिति नभएको उनको भनाइ थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।