४ आश्विन २०८१, शुक्रबार

जनविरोधी हर्कत नगर्न चितवन राष्ट्रिय निकुञ्जलाई नेकपाको चेतावनी

0

चितवन: नेपाल कम्युनिस्ट पार्टी पश्चिम चितवनले चाडपर्वकाे मुखमा जनविरोधी हर्कत नगर्न चितवन राष्ट्रिय निकुञ्ज प्रशासनलाई चेतावनी दिएको छ ।
मंगलबार नेकपा पश्चिम चितवनका सेक्रेटरी अटलले एक विज्ञप्ति जारी गर्दै निकुञ्ज प्रशासनलाई जनविरोधी हर्कत नगर्न चेतावनी दिएको हो ।
नेकपाले विकल्प विना जनताको उठ्ठीवास गर्ने जनविरोधी हर्कत नरोके प्रतिरोध संर्घषमा उत्रिने चेतावनी दिएको हो ।
नेकपाले समाजवाद उन्मुख संविधानको गफ हाक्ने सरकारले वैकल्पिक व्यवस्थापन बिना सिमान्तकृत समुदाय चेपाङको घर पटक–पटक भत्काउने, आगजनी गर्ने जस्ता अमानवीय कार्यहरु गरेका भन्दै खेद प्रकट गरेको छ ।
नेकपाले जारी विज्ञप्तिमा भनेको छ ‘हाम्रो पार्टी सम्बन्धित निकायलाई माडी नगरपालिका वडा नं. ९ स्थित कुसुम खोलामा बसोवास गर्ने घर परिवारहरुलाई वैकल्पिक व्यवस्थापन गर्न आग्रह गर्दै चाडपर्वकाे मुखमा जनतालाई यो प्रकारको जनविरोधी हर्कत नगर्न चेतावनी समेत दिन चाहन्छौ ।’
असोज २ गते सोमबार माडी नगरपालिका वडा नं. ९ स्थित कुसुम खोलामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले हात्ती र सेनाको प्रयोग गरी २१ वटा मध्य २० वटा घर टहरा भत्काएको थियो । उक्त घटनाप्रति नेकपाले गम्भीर आपत्ति जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।