११ कार्तिक २०८१, आईतवार

एमसीसी विरुद्ध दाेस्राे चरणकाे सङ्घर्ष सुरु

0

काठमाडौं: विप्लव नेतृत्वको नेकपाले पूर्वघाेषित दाेस्राे चरणको एमसीसी विरुद्धको संघर्षकाे कार्यक्रमकाे उद्घाटन गरेको छ ।कार्यक्रम उद्घाटन गर्दै पार्टीकी स्थायी समिति सदस्य तथा प्रमुख अतिथि उमा सी शिलुले एमसीसी विकासे संस्था नभएर अमेरिकी सैन्य रणनीति भएकोले खारेज गर्नुपर्ने बताइन् । मध्याह्न १२ बजे गाैशाला चाेकबाट शुरु भएकाे भटभटे जुलुस लप्सीफेदी पुगेको थियाे ।

नेकपाका पिबिएम तथा जनकलाकार माइला लामाकाे अध्यक्षाता र आराेह सीकाे सहजीकरण भएकाे सामना परिवारकाे सांस्कृतिक प्रस्तुति सहितकाे कार्यक्रममा नेकपाका नेताहरु सुशील, कृति, पाटन, प्रकाश, रामलाल, भृकुटी, जिवन्तलगायत नेता-कार्यकर्ताकाे उपस्थिति थियाे ।

अभियान टाेली आजै काठमाडौँबाट नुवाकोट विदुरतर्फ रवाना भएकाे छ । भाेलि विहान रसुवाको प्राचिन गाउँ कालिकास्थानमा जनसभा हुने जानकारी कलाकार माइला सीले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।