११ कार्तिक २०८१, आईतवार

निर्देशक विरही आकस्मिक मुटु अप्रेसनपछि आज डिस्चार्ज हुँदै

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य जनप्रचार तथा प्रकाशन प्रा.लि. का निर्देशक अनिल शर्मा ‘विरही’ काे आकस्मिक मुटु अप्रेसनपछि आज डिस्चार्ज हुँदैछन् ।
यसअघि विरहीलाई डाइबिटिज थियो । स्वास्थ्यमा समस्या देखिएपछि यहीँ असाेज १ गते डा. अमित शाक्यद्वारा डाइबिटिज चेक गराएका थिए । डाइबिटिज चेक गर्दा शर्मालाई डा. शाक्यले इसिजि गर्न सुझाव दिएका थिए । इसिजि गर्दा मुटुमा रगत अलिकति कम देखिएको थियो ।
मुटुमा रक्तप्रवाह कम देखिएपछि शर्मा बिहीबार सहिद गंगालाल हस्पिटलमा एमडि डा. चन्द्रमणी अधिकारीसँग चेकजाँच गराएका थिए । साेही हस्पिटलमा आज आकस्मिक मुटुको अप्रेसन अर्थात एनजीओ ग्राम गरिएपछि आजै डिस्चार्ज हुने बताइएको छ । अहिले उनको अवस्था सामान्य रहेको हस्पिटलमा साथमा रहेका यस प्रा. लि. प्रबन्ध निर्देशक सञ्जीवले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।