११ कार्तिक २०८१, आईतवार

समाजवादी माेर्चा नेपालको १ नम्बर प्रदेश स्तरीय प्रथम बैठक सम्पन्न

0

उदयपुर: समाजवादी माेर्चा नेपालको १ नम्बर प्रदेश स्तरीय प्रथम बैठक सम्पन्न भएको छ । बैठकले समाजवादी माेर्चाले १ नम्बर प्रदेश स्तरिय हुने सबै कार्ययोजना सार्वजनिक गरेको छ ।

बैठकबाट प्रदेश १ अन्तरगत १४ वटै जिल्लामा समाजवादी मोर्चाले जिल्लामा सन्देश सभा गर्ने र त्यसको मिति ठोस गरेकाे छ ।

बैठकको अध्यक्षता जसपाका दिपक याक्खाले गरेका थिए ।
बैठकका निर्णय निम्नअनुसार छ-
१) समाजवादी माेर्चाले १ नम्बर प्रदेश अन्तरगत रहेको जिल्लाहरुलाई समेटेर १४ वटै जिल्लामा समाजवादी मोर्चाले जिल्ला सन्देश सभाको जिम्मेवारी तोकेको छ ।
नेकपा (माओवादी): सुनसरी, ईलाम, सखुवासभा, सोलुखुम्बु
नेकपा (एकीकृत समाजवादी): उदयपुर, ओखलढुंगा, पाँचथर, तेह्रथुम
जनतासमाजवादी पार्टी : मोरङ,धनकुटा, खोटाङ
नेपाल कम्युनिस्ट पार्टी : झापा, ताप्लेजुङ,भोजपुर

२) प्रदेश १ अन्तरगत १४ वटै जिल्लामा समाजवादी मोर्चाले जिल्लामा सन्देश सभाको मिति ठोस गरेका छ्न जस अन्तरगत
# नेकपा (माओवादीकेन्द्र): –
२०८०/ असोज २४ गते सोलुखुम्बु
२०८०असोज २५ गते ईलाम
२०८०असोज २६ गते सुनसरी
२०८० असोज २७ गते संखसभा
# नेकपा (एकीकृत समाजवादी):-
२०८० असोज २४ गते तेह्रथुम ,
२०८० असोज २५ गते ओखलढुंगा
२०८० असोज २६ गते पाँचथर
२०८० असोज २७ गते उदयपुर
# जनता समाजवादी :-
२०८० असोज २४ गते धनकुटा
२०८० असोज २५ गते मोरङ
२०८० असोज २६ खोटाङ
# नेपाल कम्युनिस्ट पार्टी : –
२०८० असोज २४ गते झापा
२०८० असोज २५ गते भोजपुर
२०८० असोज २६ ताप्लेजुङ

उक्त सन्देश सभामा रहेका सबै राजनीतिक घटक दल हरुले प्रतिनिधि सिफारिस गरिने छ साथै सन्देश सभा व्यवस्थापनको जिम्मेवारी कार्यक्रम संयोजन गर्ने दलले नै गर्ने भएका छन् ।
त्यस्तै प्रदेश स्तरीय समाजवादी मोर्चाको सचिवालय गठन गरेका छन् ।
जसको संयोजक :दिपक याक्खा
सदस्य : बलदेब चौधरी
सदस्य : सुमन सी
सदस्य : हर्क नेम्वाङ रहेका छन् भने प्रदेश १ स्तरीय समाजवादी मोर्चाले विभिन्न विभाग समेत गठन गरेको छ । जसको जिम्मेवारी तपशिल बमोजिम तोकिएको छ ।
१)प्रचारप्रसार:-
संयोजक : अनिता सी
सदस्य : सरिता खड्का
सदस्य : घनश्याम कटवाल
सदस्य : देवन चाम्लिङ
२) अर्थ व्यवस्थापन : –
संयोजक : हर्क नेम्वाङ
सदस्य : बल देब चौधरी
सदस्य : सुमन सी
सदस्य : दिपक याक्खा
३) अनुगमन :-
संयोजक : महेश रेग्मी
सदस्य :जयराम यादब
सदस्य : गणेश उफ्रेती
सदस्य: कुमार सी

सबै जिल्लामा सन्देश सभाकाे कार्यक्रमहरुलाई सबै राजनीतिक दलले जिम्मेवारपूर्ण रुपमा सम्पन्न गर्ने र नगरपालिका,गाउँपालिका, वडासम्म समाजवादी मोर्चाको औचित्य र यसको महत्त्वबारे प्रष्ट पार्ने जानकारी गराउदै उक्त सभामा समाजवादी मोर्चा नेपाल आवद्ध दलका शीर्षस्थ नेताहरु रहने छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।