११ कार्तिक २०८१, आईतवार

अमेरिकी हस्तक्षेप बढेपछि साम्राज्यवादसँगको अन्तरविरोध मुख्य बनेको हो : विप्लव

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा अन्तरविरोध नयाँ ढङ्गले उत्पन्न भएको बताएका छन् । एमसीसीद्वारा अमेरिकी हस्तक्षेप बढेपछि साम्राज्यवादसँगको अन्तरविरोध मुख्य बनेको बताएका हुन् । उनले प्रशिक्षणको क्रममा भने,’हिजोसम्म दलाल पुजीवादी अन्तरविरोध मुख्य थियो भने आज अमेरिकी साम्राज्यवादसँगको अन्तरविरोध मुख्य बनेको छ ।’

नेपालका कम्युनिस्टहरु सिध्याउन साम्राज्यवादले धार्मिक तथा राजनीतिक हस्तक्षेप बढाएको दाबी गरे । अमेरिकाको यस्तो कुटिल चाल जनतालाई बुझाउँदै अब साम्राज्यवाद विरुद्ध लड्नु पर्ने बताएका छन् ।

संसदीय व्यवस्था छोडेर नेपाली विशेषताको समाजवादका लागी कम्युनिस्टहरु बिचको समाजवादी मोर्चा बनेको विप्लवले जनाए । नेपाली विशेषताको समाजवादी व्यवस्थाका लागि कम्युनिस्ट मात्रै नभएर जोसुकै शक्तिसँग पनि मोर्चा हुन सक्नेमा जोड दिएका थिए ।

त्यसैगरी १० वर्षे जनयुद्धलाई अपराधीकरण गराउन केहि शक्ति लागिपरेको बताउदै माओवादीहरुलाई सिध्याउने प्रपन्च भैरहेको समेत उनले बताए । माओवादलाई जोगाउन अब माओवादी घटकहरु एक हुनु पर्ने पनि बताए ।

स्थायी समिति सदस्य विषम सी र भरत सीद्वारा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र समसामयिक विषयमा मन्तव्य राख्ने कार्य भएको थियो । 

ने.क.पा.को केन्द्रिय कार्यलय कपिलवस्तुमा भएको प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरु नेकपा स्थायी कमिटी सदस्य विषम सी र भरत सीको आतिथ्यता रहेको छ ।

त्यसैगरी पोलिट ब्युरो सदस्यहरु विजय सी, असल सी, बन्धु सी, पोलिट ब्युरो सदस्य तथा मधेसी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष विनोद सी, केन्द्रिय सल्लाहकार सुन्दर सी र जित बहादुर सी, केन्द्रिय सदस्यहरु सुन्दर सी र शोभा सी अतिथि रहेका छन् ।

कार्यक्रमको सभापति पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी रहेका थिए भने कार्यक्रमलाई राप्ती ब्युरो इन्चार्ज सविन सीले संचालन गरेका थिए । प्रशिक्षणमा उपस्थित पार्टी कार्यकर्ताहरुलाई पोलिट ब्युरो सदस्य सन्जीव सीले मन्तव्यद्वारा स्वागत गरेका थिए ।

राप्ती ब्युरो, पश्चिम लुम्बिनी दशकमा ब्युरो, पूर्वी लुम्विनी ब्युरोको संयुक्त ब्युरो स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षक कार्यक्रम आज शुक्रबार सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा तीन वटै ब्युरोबाट जिल्ला कमिटी सदस्यहरु र विभागीय समितिका प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा ४ सय १ जना नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पश्चिम लुम्बिनी ब्युरो सामना परिवारले कार्यक्रमको बिच-बिचमा जनवादी गीत संगीतहरु प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।