११ कार्तिक २०८१, आईतवार

राष्ट्रिय सम्मेलनको व्यापक तयारीमा जुट्ने निणर्य गर्दै युवा संगठन मध्यकर्णालीकाे बैठक सम्पन्न

0

सुर्खेत: युवा संगठन नेपाल मध्यकर्णाली व्यूरोको बैठक शुक्रवार सम्पन्न भएको छ । युवा संगठन नेपाल मध्यकर्णाली व्यूरोको बैठकले पाँचौ राष्ट्रिय सम्मेलनको व्यापक तयारीमा जुट्ने निर्णय गरेको छ ।
बैठकले युवा संगठन नेपाल मध्यकर्णाली व्यूरोको बैठक महंगी,कालोवजारी विरुद्घ संघर्ष गर्ने, युवाहरुका बीच खेलकुद प्रतियोगिता गर्ने र स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले एमसीसी विरुद्घ पर्चा वितरण गर्ने,जिल्लाहरुका भेला/सम्मेलन गर्ने,पालिका भेला सम्मेलन गर्ने,कर्णाली राजमार्ग स्तरउन्नतिका लागि सम्बन्धित पक्षसँग माग गर्ने,कर्णाली राजमार्गमा अलपत्र परेका पुल निर्माणका काम यथासिघ्र संचालन गर्न पहल गर्ने र उत्पादन गर्ने लगायतका निर्णयहरु गरेको छ ।
बैठकमा प्रमुख अतिथिका रुपमा युवा संगठन नेपालका पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका कार्यालय सदस्य एवं नेकपाका केन्द्रिय सदस्य दिनेश सी, विशिष्ट अतिथि नेकपाका केन्द्रिय सदस्य तथा व्युरो इन्चार्ज विवेक सी, पश्चिम् सुर्खेत जिल्ला सेक्रेटरी जित सी , केन्द्रिय प्रतिनिधि समिति सदस्य योजना सीको उपस्थितिमा रहेको थियो ।
प्रमुख अतिथि दिनेश सीले वैठकलाई सम्वोधन गर्दै युवा संगठनले नयाँ पुस्तालाई एकीकृत जनक्रान्तिमा जोड्न र नयाँ पुस्ताको चाहाना अनुरुपका काम गर्न संगठनलाई निर्देशन दिए । उनले साम्राज्यवादको नयाँ अनुहार रोल्पा थवाङ पुगेर कम्युनिस्ट माथि हमला गर्न खोजेको हुदा संगठन चुप लागेर नवस्ने चेतावनी दिए । उनले साम्राज्यवाद माल्कोट पनि आउन चाहेको तर प्रतिकार गर्न युवाहरुलाई आह्वान गरे ।
विशिष्ट अतिथि विवेक सीले जनचाहना अनुउसारको युवाहरुले काम गर्नु पर्ने र दलाल पुजीवादी शक्तिलाई धुलो पिठो चटाउन व्युरोको युवा संगठन गाउँ र शहरका प्रत्येक युवाहरु माझ कार्यक्रम लिएर जान आह्वान गरे । वैठकको अध्यक्षता युवा संगठन नेपाल मध्यकर्णाली व्युरो इन्चार्ज मिनेश सीले गरेका थिए । मध्य कर्णाली व्यूरोमा कालिकोट,दैलेख र सुर्खेत जिल्ला रहेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।