११ कार्तिक २०८१, आईतवार

मुगुको गमगढी बजारमा लागेको भिषण आगो नियन्त्रणमा, ६ घर जलेर नष्ट

0

मुगुु: मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।
गयराती ‍१ बजे छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाका अनुसार आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको छ ।
आगलागीबाट वडाध्यक्ष पिआर मल्लको घर पनि जलेको छ । पुतली शाही, प्रदीप रावल, सन्त सिलवाल, सान्त्वना खत्री, जंग शाही र सोनाम लामाको घर पूर्ण रूपमा क्षति भएको डिएसपी थापाले जानकारी दिनु भयो ।
उहाँका अनुसार करिब ११० सुरक्षाकर्मी परिचालन गरी बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको छ ।
त्यस क्षेत्रमा दमकल नभएका कारण आगो निभाउन खानेपानीको पाइपबाट पानी हालिएको थियो । खानेपानीको पाइपबाट पानी, माटो र बालुवा प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको डिएसपी थापाले वताउनु भयो ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइसकेको छैन । आज बिहानबाट क्षतिको विवरण संकलन भइरहेको डिएसपी थापाले जानकारी दिनु भयो । आगलागीको कारण भने खुलेको छैन । विधुत सट भएर आगलागी भएको हुन सक्ने आसंक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।