२ मंसिर २०८१, आईतवार

एमसीसी विकासको नाममा सैन्य हस्तक्षेप बढाउने कुटील षड्यन्त्र भएको छ : चिरन सी

0

बुटवल: नेकपाका पोलिट व्यूरो सदस्य चिरन सीले एमसीसी विकासको नाममा सैन्य हस्तक्षेप बढाउने कुटील षड्यन्त्र भएको बताएका छन् । उनले विकासको नाममा आएको एमसीसी युद्धसँगै जोडिएर आएको भन्दै एमसीसीले नेपाल समृद्ध हैन बर्बाद पार्ने बताए ।
नेकपाको केन्द्रीय कार्यक्रम अनुसार मंगलबार बुटवलको बसपार्कमा आयोजित साँस्कृतिक सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट विचार नचाहने अमेरिकी साम्राज्यवादविरुद्ध देशभक्त जनता एकजुट हुनुपर्नेमा जोड दिए ।
एमसीसी परियोजनाले विकास गर्छ भनेर जनतालाई भ्रममा पारेका कांग्रेस, एमाले र माओवादीले जनविरोधी काम गरेको भन्दै उनले देशभक्तहरु एमसीसीको खारेजी र देशमा बढ्दो दलालीकरण एवं भ्रष्टाचारको विरुद्ध संघर्षमा लाग्न अपिल समेत गरे ।


यस्तै उक्त अभियानका नेतृत्व तथा सामना परिवारका संयोजक आरोह सीले विकासको नाममा एमसीसी ल्याएर यो सरकारले विदेशी हस्तक्षेप बढाएको बताए । जनवादी गायक एवं संगीतकार समेत रहेका उनले काङ्ग्रेस, एमाले माओवादी केन्द्रका गलत कामले जनतामा राजनीतिक दलप्रति निरासा छाएको भन्दै आन्दोलन र क्रान्तिप्रति जनताको चासो घट्दै गएको बताए । एमसीसी परियोजनाले नेपालमा अशान्ति ल्याउने बताउदै एमसीसीका दलालहरुविरुद्व थप सशक्त आन्दोलन केन्द्रित गर्ने बताए । उनले एमसीसी विरुद्धका गीत गाउँदै एमसीसी नेपालका लागि चाहिँदैन त्यसैले देश चाहने हरेक नेपाली मिलेर लागू हुन नदिन अपिल समेत गरे ।


सामना परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्दै एमसीसी परियोजनाको विरोध गर्दै देशमा वैदेशिक हस्तक्षेप बढेकोमा चिन्ता व्यक्त गरेका थिए । कलाकारहरुले हुँदैन एमसीसी हुँदैन, जहाँ टेक्छ अमेरिका त्यहाँ हाहाकार, संघर्षमा अधि बढौं, हुनेछ भन्थे जनतालाई सुख लोकतन्त्र आएसी, सिमलको भुवा जस्तै भुरु उडी देशछोडी नजाउ, मेरो देश रुँदा तिमी कसरी देशभक्त भयौ र? भन्ने जस्ता गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।


जेसिसचोकबाट सुरु भएको मार्चपास नयाँ बसपार्कमा पुगेर सभा तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टीले सामना परिवारको साथमा एमसीसी परियोजना लागु हुने जिल्ला र क्षेत्रहरुमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको र सोही अन्तर्गत बुटवलमा कार्यक्रम गरेको नेकपाका सेक्रेटेरी विरेन्द्र सीले बताए । लप्सीफेदीदेखि सुरु भएको मार्चपास तथा सामना सांस्कृतिक कार्यक्रम, नुवाकोट, धादिङ, तनहुँ, पाल्पा हुँदै मंगलबार बुटवलमा आएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।