कपिलवस्तु: नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम लुम्बिनी ब्युरो र युवा संंगठन नेपालले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् ।
सोमबार अ.ने.म.सङ्घ क्रान्तिकारी पश्चिम कपिलवस्तु जिल्ला र पुर्वी कपिलवस्तु जिल्लाले पश्चिम कपिलवस्तु जिल्ला सचिव पावेल सी, केन्द्रीय प्रतिनिधि सदस्य सुस्मा सी, संगठनका कपिलवस्तु जिल्ला अध्यक्ष चन्द्रामती सी लगाएतको टोलिले कपिलवस्तु जिल्ला कार्यलयमार्फत सिंहदरबार काठमाडौंलाई महिला हिंसा अन्त्य लगाएतका मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा महिला हिंसा अन्त्य, मिटरव्याज, लघुवित्तले निम्त्याएको विकराल समस्याको अन्त्य, युवा पलायन र ठगिको अन्त्य, महिलाको पूर्ण सुरक्षा र रोजगारी, मुलुकको राष्ट्रियता सर्वाधिक संकटमा परेकाले त्यसको समाधानका लागि राज्यले ठोस पहलकदमी लगाएतका दर्जनौं मागसहितको ज्ञापनपत्र बुझाइएको संगठनका कपिलवस्तु जिल्ला अध्यक्ष चन्द्रामतीसीले जानकारी दिए ।
यस्तो छ ज्ञापनपत्रको पूरा पाठ :-
यसैबीच चाँडवाडको मुखमा व्यापारीहरुले अस्वभाविक मुल्यबृद्धि गरेको, कृतिम अभाव सृजना गरेको र कालोबजारी फस्टाएको भन्दै युवा संगठन नेपाल कपिलवस्तु जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
यस्तो छ ध्यानाकर्षण पत्रकाे पूरा पाठ-