२६ पुष २०८१, शुक्रबार

उपभाेग्य वस्तुको मुल्यबृद्धिप्रति देशभरका जिल्ला प्रशासन कार्यालयकाे ध्यानाकर्षण

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकाे भातृ संगठन युवा संगठन नेपालले देशव्यापी जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
महंगी, कालोबजारी, खाद्य वस्तुको बिक्रीवितरण र कृतिम अभावले चरम सिमा नाघ्दै गएको तथा विभिन्न किसिमका सामजिक बेथितीहरुका विरूद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै संगठनले देशभरका प्रशासनकाे ध्यानाकर्षण गराएको हो ।

यसैअन्तरगत युवा संगठन नेपाल मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न किसिमका सामजिक बेथितीहरुका विरूद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै संगठनले प्रशासनलाई उक्त पत्र बुझाएको हो ।

पछिल्लो समयमा मौलाउदै गएको महंगी, कालोबजारी, खाद्य वस्तुको बिक्रीवितरण र कृतिम अभावले चरम सिमा नाग्दै गएको हुँदा, खाद्यान्न वस्तुहरु लुकाई कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा भन्दा कैयौं गुणा मुनाफा लिन तथा म्याद सकिएका अखाद्य वस्तुहरुको बिक्रीवितरण गर्ने कार्य भैरहेको हुँदा यस्ता कार्यमा सम्बन्धित निकायहरुले सशक्त पहल गर्नुपर्ने मागहरु उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेख गरिएका ५ बुँदाहरू निम्न छन् :
१)कृतिम अभाव सृजना गर्नेहरुलाई अध्ययन, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउन माग गर्दछौं ।
२)चरम रुपमा मौलाउदै गएको कृतिम महंगी नियन्त्रण गरि कार्बाही गर्न माग गर्दछौं ।
३)अखाद्य वस्तु (म्याद सकिएका गुणस्तरहीन) हरुको बिक्री वितरण भैरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कारबाही गर्न माग गर्दछौं ।
४)वस्तुको खरिद मुल्यको २० प्रतिशत मुनाफा लिन पाउने राज्यको नियम विपरित सत प्रतिशत वा सो भन्दा बढि मुनाफा लिने कार्य व्यापक रूपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्न माग गर्दछौँ
५)यस कार्यालयको अधिकार क्षेत्र भित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपैठारी, लागू औषध कारोबार तथा सामाजिक अपराधहरुको नियन्त्रण र कार्बाही गर्न जोडदार माग गर्दछौँ ।

यसरी युवा संगठन नेपाल मकवानपुरका जिल्ला इन्चार्ज किरण सीको हस्ताक्षरमा भएको ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख सुर्य प्रसाद सेढाईलाई बुझएको हो ।

यसैगरी युवा संगठन नेपाल गाेरखाले पनि जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

चाँडवाडको मुखमा व्यापारीहरुले अस्वभाविक उपभाेग्य सामाग्रीहरुकाे मुल्यबृद्धि गरेको, कृतिम अभाव सृजना गरेको र कालोबजारी फस्टाएको भन्दै युवा संगठनले जिल्ला प्रशासन कार्यालयकाे ध्यानाकर्षण गराएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।