१२ कार्तिक २०८१, सोमबार

भरत सीसहित नेकपाका नेताहरुद्वारा बिरामी कार्यकर्ता पहाडलाई अस्पतालमै भेटघाट

0

सुर्खेत: नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीको नेतृत्वमा कर्णाली प्रदेशका नेताहरुले बिरामी कार्यकर्ता पहाडलाई अस्पतालमै पुगेर भेटघाट गरेका छन् ।
उनीहरुले भेटघाटका क्रममा बिरामी पहाडको स्वास्थ्य अवस्थाको जानकारी लिदै शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
कर्णाली प्रदेशको कालिकोटस्थित रास्कोट नगरपालिका वडा नम्वर १ लहरेला घर भएका ५३ वर्षिय प्रदिपे कामी (पहाड) लामो समयदेखि बिरामी छन् ।
उनको प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा झण्डै एक महिनादेखि भर्ना भएर उपचार भइरहेको छ । बिरामी पहाडको नसा तथा मुटुको समस्या भएको डाक्टरहरुले बताएका छन् । उनको आर्थिक अभावले समेत उपचारमा कठिनाई भएको छ ।
उनको स्वास्थ्य अवस्था बुझ्न नेकपाका स्थायी समिति सदस्य भरत सीसँगै नेकपाका केन्द्रीय सदस्य विराट सी, मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सी, नेकपाका केन्द्रीय सदस्य बलवान सी, ध्रुव सी, जिल्ला सदस्य राजन सी, श्याम सी लगायतका नेताहरु अस्पताल गएका थिए ।
भेटघाटका क्रममा नेकपाका स्थायी समिति सदस्य भरत सीले पार्टीको तर्फबाट बिरामी पहाडलाई सानो भएपनि उपचारका लागि सहयोग होस् भन्ने उद्देश्यले नगद रु. पाँच हजार सहयोग समेत प्रदान गरेका छन् ।
स्थायी समिति सदस्य भरतले उपचारका लागि पार्टीले सक्दोजति सहयोग गर्ने र चिन्ता नलिन बिरामी पहाडलाई आश्वासन दिए ।
बिरामी पहाड माओवादी आन्दोलनका खरो क्रान्तिकारी विचार राख्ने कार्यकता समेत हुन् भने अहिले नेकपामा संगठित छन् । उनको उपचारमा सहयोग गर्न चाहने इच्छुक सहयोगदाताहरुलाई सहयोग गरिदिन हुन समेत नेकपाले अपिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।