११ कार्तिक २०८१, आईतवार

नेकपाद्वारा कृष्ण बडुवाल (महेश) को स्मृतिमा ड्रागनको विरुवा रोपेर श्रद्धाञ्जली सभा

0

कैलाली: नेपाल कम्युनिष्ट पार्टीले नेकपा (माओवादी केन्द्र) का नेता कृष्ण बडुवाल (महेश) को स्मृतिमा ड्रागन फुटको विरुवा रोपेर कम्युनिष्ट संस्कार अनुसार श्रद्धाञ्जली सभा गरेको छ ।
नेकपाले कैलालीको लम्कीमा बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरी बडुवालको स्मृतिमा ड्रागन फलफूलको विरुवा समेत रोपेर श्रद्धाञ्जली सभामार्फत बडुवाललाई श्रद्धाञ्जली व्यक्त गरेको हो ।
नेकपाले शरिर मरेर गएपनि बडुवालले क्रान्तिमा खेलेको भूमिका र इतिहास कहिल्यै नमर्ने चर्चा गर्दै उनले माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका पूरा गरेको बताएको छ । श्रद्धाञ्जली सभामा बडुवालकाे उच्च मुल्याङ्कन गर्दै सम्मानसमेत व्यक्त गरेको छ । बडुवालको केही दिन अघि मात्र बिरामी भई निमोनिया बिग्रिएर मृत्यु भएको थियो ।


उनी जनयुद्धदेखि माओवादी आन्दोलनमा सक्रिय भएर लागेका थिए । माओवादी विभाजनका समयमा वैद्य तथा विप्लवले नेतृत्व गरेको नेकपा माओवादीमा लामो सयमसम्म नेतृत्व तहमा रहेर क्रान्तिको काम गरेका थिए । विचारधारात्मक रुपमा क्रान्तिकारी विचारका धनी बडुवाल एकडेढ वर्ष अघि मात्र नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेर नेकपा माओवादी केन्द्रका सुदूरपश्चि प्रदेश कमिटीको उपाध्यक्ष भएका थिए ।
बडुवाल अति मिलनसार, मिजासिलो तथा हँसिलो स्वभावका एक क्रान्तिकारी नेता थिए । उनको जीवनसंगीनी र एक छोराको गत वर्ष मात्र बस दुर्घटनामा ज्यान गएको थियो । बडुवालले त्यसपछि अर्को विवाह गरेका थिए र साथमा एक छोरी समेत रहेकी छिन् । नेकपाका पोलिट व्यूरो सदस्य विकल्प सी, असल सी लगायतका नेता तथा कार्यकर्ताहरुले बडुवालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको सपना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेकपाका केन्द्रीय सदस्य असल सीले बडुवालको स्मृतिमा उनको घर नजिकैको बारीमा ड्राईगन फुटको विरुवा पनि रोपेका थिए । श्रद्धाञ्जली कार्यक्रममा उनको फोटोमा माल्यार्पण गरिएको थियो ।


नेकपाका पूर्वी कैलालीका सेक्रेटरी दिलबहादुर सीले संचालन गरेको श्रद्धाञ्जली कार्यक्रममा जिल्लाका नेकपाका सम्पूर्ण नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।