११ कार्तिक २०८१, आईतवार

१२ बुँदे व्याख्यात्मक टिप्पणी झुट, देखावटी र भ्रामक कुरा हो : भरत सी

0

सुर्खेत: नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एमसीसी पारितका बेला घोषणा गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्यो भनेर भन्ने कुरा झुट, देखावटी र भ्रामक भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको “वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक” अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य भरत सीले यस्तो झुट, देखावटी र भ्रामक कुरामा नेपाली जनताले विश्वास गर्न नहुने बताएका हुन् ।
उनले अमेरिकाको पछि लागेर एमसीसी कार्यान्वयन गराउन नेपाली जनतालाई अमेरिकाले १२ बुँदे स्वीकार गर्यो भनेर प्रधानमन्त्री प्रचण्डले झुट, देखावटी र भ्रामक कुरा बोलेको भन्दे आपत्ति जनाए ।
उनले प्रचण्डले अमेरिका पुगेर एमसीसी जसरी पनि कार्यान्वयन गर्छु भनेर बाचा गरेर आएको बताए । नेता भरतले प्रचण्ड नेपालमा पुगेर स्वाधीनताको लागि लड्छु भन्ने कुरा गर्नु केवल कुर्सी जोगाउनको लागि मात्र दोहोरो चरित्र प्रकट भएको टिप्पणी गरे ।
उनले भने, “आफ्नो सत्तासंकट टार्न प्रचण्ड व्याख्यात्मक टिप्पणी अमेरिकाले मानेको भन्छन् । मौखिक होइन, लिखित रुपमा लिपिवद्ध गर्नु पर्छ । यो भ्रम छर्ने कुरा हो । सत्ता ढल्ने हो की भनेर कुर्सी बचाउन प्रचण्ड एमसीसी कार्यान्वयनका लािग पछि लागेका हुन ।”
नेता भरत सीले नेपालबाट कुनै पनि हालतमा एमसीसी कार्यान्वयन नरोके नेपाल युक्रेन हुने खतरा भएको बताए । उनले नेपालका कम्युनिष्ट सिध्याउन र चीन घेर्ने रणनीति बनाएर अमेरिका एमसीसी ल्याएर नेपाल आएको सबैले बुझ्न आग्रह गरे ।
उनले कतिपयले व्यवस्था नभएर अबस्था बदल्नु पर्ने भ्रामक कुरा बताइरहेको चर्चा गर्दै व्यवस्था नबदलेसम्म नेपाली जनताको अवस्था बदल्न नसकिने ठोकुवा गरे ।
उनले नेपालको मुख्य समस्या दलाल पूँजीवाद भएको बताउदै दलाल पूँजीवादलाई अन्त्य गरेर नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउनुको विकल्प नभएको ठोकुवा गरे ।


उनले काङ्ग्रे, एमाले राप्रपा लगायतका सबै पार्टीहरुले समाजवादमा जान्छौँ मात्र भन्ने र समाजवादमा जान नचाहने कुराले समाजवाद नआउने बताए । उनले समाजवादको पुजा मात्र गर्ने केही पार्टी र नेताका कारण देश अगाडि बढ्न नसकेको औल्याए ।
कार्यक्रममा वरिष्ठ पत्रकार पृथ्वीबहादुर सिंह, नेपाल समाजवादी पार्टीका लम्मी भट्टराई, नेकपा एकीकृत समाजवादीका शिव लगायतका नेताहरुले नेपालमा समाजवाद आवश्यक भएको र दलाल पुँजीवादले समस्या पैदा गरेको बताएका थिए । ध्रुवको अध्यक्षमामा सम्पन्न कार्यक्रमको संचालन जीतले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।