११ कार्तिक २०८१, आईतवार

एमसीसी पारित गर्नेहरुलाई प्रधान दुश्मन भन्नुपर्छ

0

         राजेन्द्र गैरे राजमो अध्यक्ष, स्याङ्जा

 

एमसीसी धेरै चासोको विषय र अध्ययन छलफल गर्न खोजिरहेको विषय हो । जीवनभरी आदर्श साँचेर ठगीएर, साथीहरु गुमाएर आन्दोलनमा डटिरहेको छु । त्यसैले निमन्त्रणा हुना साथ प्रतिकुल मौसम भएपनि यो कार्यक्रममा आएँ ।
जनयुद्धको समयमा कुटानी–पिसानी मिलको चालक थिए । गोकर्ण पण्डित त कबिजा पराजुलीलाई सेनाले लखेटेको र भाग्दै मिलमा आएका रहेछन् । ग्राहक बनाएर बचाएको थिए । तर प्रचण्ड बाबुरामले सुरुङ युद्ध भन्दै धन्धा अरु नै गर्दा रहेछन् । एमालेको धन्धा उस्तै छ । वर्ग दुईवटा छन् । हरेक वर्गको आफ्नो पार्टी हुन्छ । धेरै पार्टी किन चाहियो ? मित्रहरुको एउटै पार्टी बनाउनु पर्छ । म त्यसमा आशावादी छु ।
जनयुद्धमा पार्टीले अभियान चलाउदै गल्याङ–पिढीखोला हुँदै गयौं । पिढी खोलामा माओवादीले ‘अपहरण’ गर्यो । तीन दिनपछि तारा भूसालले छाडिदिए । तर आलोचना गर्न छाडिएन । अझसम्म थाकेको पनि छैन । विचार नमिले पनि मुख्य शत्रुका विरुद्ध हामीले सहकार्य गर्नुपर्छ ।
स्याङजामा चोकाली भन्ने साहु थिए । चोकहाँहाका चोकाली साहुले मगर र गुरुङलाई एक हजारको तमसुग गराउथे । तर ९ सय मात्र दिन्थे । बर्षभरी हलीखेताला पनि बनाउथे । एमसीसीले नेपालीलाई चोकाली साहुले वालिङमा गुरुङ– मगर झै गोठालो बनाउने छ ।
बाबुराम प्रचण्ड जस्तालाई नेतृत्व पुग्नबाट रोक्नुपर्छ । तपाईहरु हण्डर ठक्कर खाएर आउनु भएको छ । कुमालकोटी किराको रतिक्रिया जस्तो स्वार्थी भएको छ कम्युनिष्ट आन्दोलन । एमसीसीका विरुद्ध जनचेतनाको लहर सृजना गर्नुपर्छ । रक्सी र मासु खुवाउर मतपत्र बाँड्नेको पछि हिड्नु भएन । नेताहरु चुनाब लड्दै धनी भएका छन । म चुनावपिछे गरिब बन्दै गएको छु । सबैले देखेका छन् । त्यसैले ठिक बेठिक छुट्याउनु पर्छ । चीन आफै शक्तिमा उदाएको छ । एमसीसी नेपालको युरेनियम कब्जा गर्न र चीनलाई घेर्न नेपाल आएको हो । हँसिया –हतौडा बोकेर पुँजीवादको भरिया, एमसीसीको भरिया भएकालाई चिन्नु पर्यो । नेकपाले एमसीसी विरुद्ध देशभर अभियान चलाएर राम्रो गर्यो । मलाई त यो कार्यक्रममा आएर दुई दिन बढी बाँचिन्छ भन्ने लाग्यो । मन खुसी भयो भने यस्तो हुन्छ । भोली हामी एउटै घरमा हुन पनि सक्छौँ । बलियो दुश्मकसँग लड्ने भनेको मोर्चाबन्दी हो । हामो पार्टी तपाईहरुको यो अभियानलाई समर्थन गर्दछ ।
(गैरेले २०८० साल असोज १७ गते नेकपा, स्याङजाद्वारा वालिङ बजारमा आयोजना गरेको  तथा नेकपा स्थायी समिति सदस्य अनिल सीद्वारा प्रस्तुत ‘एमसीसी परियोजना र रािष्ट्रय स्वाधीनताको प्रश्न’ विषयक कार्यपत्र माथि टिप्पणी गर्ने क्रममा व्यक्त विचारको सम्पादीत अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।