११ कार्तिक २०८१, आईतवार

‘सी’ संस्कृतिको विकास गर्न जरुरी : सुशील सी

0

कास्की: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले धार्मिक साम्प्रदायिकवादी आतंक र वैदेशिक सांस्कृतिक हस्तक्षेप रोक्नका लागि ‘सी’ संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् । पोखरामा जारी श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै उनलेे सो कुरा बताएका हुन् ।

उनले भने, ” ‘सी’ संस्कृति भनेको आदिवासीहरुको संस्कृतिलाई बचाउने र विकास गर्ने संस्कृति पनि हो ।” ‘सी’ संस्कृतिको विकास नगरीकन उत्पीडित जाति र समुदायको मुक्ति गर्न सम्भव नहुने कुरा उनले सबैलाई स्पष्ट पारे ।

अमेरिकी साम्राज्यवाद विभिन्न माध्यमबाट कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न र साधन श्रोत लुट्न आइरहेकोले सचेत हुनुपर्नेमा जोड दिए । प्रतिक्रियावादीहरुले साम्प्रदायिक अस्थिरता मच्याएर श्रमजीवी जनताको आन्दोलन र वर्ग संघर्षलाई विषयान्तर गर्न खोजिरहेकोले सबै कम्युनिस्टहरु, प्रगतिशील शक्ति र  देशभक्तहरु मिलेर सशक्त संघर्ष गर्नुपर्ने पनि उनले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।