११ कार्तिक २०८१, आईतवार

जुवाकाे अखडा बन्याे टिकापुर नगरपालिका, प्रहरी र कर्मचारीकाे छुट्टा छुट्टै खाल

0

कैलाली: स्थानीय तहहरू जनतालाई सेवा दिने नजिककाे सरकारी कार्यालय हुन् । तर त्यही कार्यालयमा कार्यरत कर्मचारीले जनताकाे काम राेकेर जुवा खेलिरहेकाे सुन्दा तपाईंलाई कस्तो लाग्ला ? अवश्य आक्राेसित हुनुहुनेछ ।

कैलालीको टिकापुर नगरपालिमा कार्यरत कर्मचारी र नेपाल प्रहरी जनताकाे काम राेकेर जुवा खेलिरहेकाे अवस्थामा भेटिएका छन् । कर्मचारीहरू संघिय निजामती ऐनकाे विरूद्धमा आन्दोलन गरिरहेकाे‌ भन्दै नगरपालिकाकाे कामकाज ठप्प पारी पालिकामा कार्यरत कर्मचारी तास खेलिरहेको अवस्थामा र नेपाल प्रहरी माेबाइलमा लुडाे खेलिरहेको अवस्थामा भेटिएका हुन् ।

नगरपालिकाको भूमि सम्बन्धी समस्या सामाधान आयोग, लगत संकलन इकाईको कार्यकक्षमा उनीहरू दिउँसै तास खेलिरहेका थिए । केहि दिनदेखि कर्मचारीहरू कार्यालय समयमा आएर हाजिर गर्ने, आन्दाेलन छ भन्दै जनताका काम नगर्ने, जुवा तासको खालमा बसिहाल्ने सूचना पाएपछि नगरपालिकाकाे कार्यालयमा पुग्दा यस्ताे दृश्य देखिएकाे हाे ‌।

जुवाकाे खालमा नगर प्रहरी इन्चार्ज पहल शाह लगायतका कर्मचारी जमिरहेका थिए । नगरप्रहरीका इन्चार्ज लगायतको फोेटो खिच्न खोज्दा शाहले पत्रकारमाथि हातपातकाे प्रयास पनि गरेका थिए । शुक्रबार दिउसो २ बजेको समयमा कार्यालयभित्रै तास खेलिरहेका नगर प्रहरीका इन्चार्च पहल शाह लगायतका ७ जनाको फोटो खिच्न लाग्दा पत्रकारमाथि हातपात प्रयास गर्दै खिचेका फाेटाे तथा भिडियोहरु डिलिट गरेका थिए ।

नगरपालिकालाई जुवाकाे अखडा बनाउने कर्मचारी र प्रहरीलाई कारवाही गर्ने नगरप्रमुख रामलाल डगौरा थारुले बताए । ‘यसरी दिउँसै अवैध गतिविधि गर्ने प्रहरी प्रमुख र कर्मचारीलाई स्पष्टिकरण साेधेर कारवाही गर्छु ।’, उनले भने ।

यता जनपत्रकार संगठन नेपालले पत्रकारलाई रिपाेटिङ गर्न अवराेध गर्ने नगर प्रहरी इन्चार्जसहित कर्मचारीलाई कारवाही गर्ने माग गरेकाे छ । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले गरेको आन्दोलनको रिपोटिङ गर्न गएका पत्रकार पृथ्वी लोहारले नगरपालिका भित्र पसेर हेर्दा दिउँसै तास खेलीरहेको देखेपछि फोटो खिच्ने क्रममा शाहले मोबाईल खोसेर हातपात प्रयास गरेकाे भन्दाै जनपत्रकार संगठन, नेपाल सुदुरपश्चिमले प्रहरी इन्चार्जलाई कारवाही गर्न माग गरेकाे हाे ।

नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन जन पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष लोहारमाथि गरिएको हातपातको घटनामा सम्लग्नलाई कारबाही गर्न जनपत्रकार संगठन नेपालका सुदूरपश्चिम प्रदेश संयोजक धिरज प्रतापले प्रहरी प्रशासनसँग माग गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।