११ कार्तिक २०८१, आईतवार

समाजवादी माेर्चाकाे बिर्तामोडमा हुने सन्देश सभाको तयारी पूरा

नेकपा महासचिव विप्लव लगायतका माेर्चाका नेताहरुले सम्बाेधन गर्ने

0

बिर्तामोड: समाजवादी मोर्चा नेपालको झापामा हुने सन्देश सभालाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन् ।  समाजवादी मोर्चा नेपाल झापाको आयोजनामा असोज २४ गते बिर्तामोडमा हुने सन्देश सभाको तयारी अन्तिम चरणमा पुगेको र उक्त सभालाई नेकपाका महासचिव विप्लवले गर्ने भएका हुन् । 

समाजवादी मोर्चाले पत्रकार सम्मेलन गर्दै सन्देश सभालाई सम्बोधन गर्न प्रमुख वक्ताका रुपमा नेकपाका महासचिव विप्लव सी आउने जानकारी दिएको छ । उनीसँगै नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल (बलदेव), एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राई, जनता समाजवादीका केन्द्रीय सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि सम्बोधन गर्ने भएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह, माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष देवराज रेग्मी, जसपाका नेता दिपेन राई लगायतका नेताहरूको उपस्थिति रहेको थियोे ।

पत्रकार सम्मेलनमा नेकपाका नेता सुमन सीले एमसीसी लागू भए यता विदेशी दबदबा बढ्दै गएको र भ्रष्टाचारीहरु विदेशी आडमा उफ्रिरहेको बताउँदै राष्ट्रलाई ऋणको भारमा उभ्याउनेलाई समाजवादी मोर्चाले नस्वीकार्ने बताए ।

उनले दलाल पुजीवादी व्यवस्थाले देश र जनतालाई आज यो दयालाग्दो अवस्थामा पुर्‍याएको भन्दै एकमात्र विकल्प समाजवाद रहेको र झापामा पनि समाजवादी मोर्चा गठन भएको बताए। मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट झापा जिल्ला इन्चार्ज  प्रशान्त सी, सञ्जय सी र हुकुम सीले प्रतिनिधित्व गरेका छन् भने नेकपा माओवादी केन्द्रबाट सिपी कडरीया, पुरुषोत्तम चुडाल र मोहन टुडु रहेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट देवराज रेग्मी, वीपी भट्टराई, पदम सुब्बा रहेका छन् भने जसपाबाट दिपेन राई, सनम राजवंशी, सन्तोष गणेश रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।