११ कार्तिक २०८१, आईतवार

नेपाल कम्युनिस्ट पार्टी र एमालेबीच राष्ट्रिय स्वाधिनता र जनाधिकार सुनिश्चित गर्ने समझदारी

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमालेबीच स्वाधिनता र जनाधिकार सुनिश्चित गर्न वार्ता र संवाद जारी राख्ने समझदारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीबीच मंगलबार साँझ बालकोटमा भएको भेटवार्तामा उक्त समझदारी भएको हो । उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक अवस्था र जनजीविकाका विषयमा छलफल भएको र ति समस्या समाधान गर्न साझा पहल गर्ने सहमतिसमेत भएको बताइएको छ ।
उक्त भेटवार्तामा राष्ट्रिय स्वाधिनता र जनमुक्तिको सवालविरुद्ध दलाल पुँजीवाद र साम्राज्यवादको गम्भीर हस्तक्षेप र षड्यन्त्र भएको र देशमा साम्प्रदायिक, धार्मिक र जातीय दंगा फैलाएर अशान्ति मच्याउन खोजिएको विषयमा गम्भीर छलफल भएको बताइएको छ । यसैगरी यतिबेला दलाल पुँजीवाद र साम्राज्यवाद कम्युनिस्ट , प्रगतिशील , लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिका बिरुद्ध अन्तिमरुपमा लागेको निष्कर्ष समेत निकालिएको बताइएको छ ।
उक्त भेटवार्तामा राष्ट्रिय र बाह्य समस्याको समाधानको निम्ति क्रान्तिकारी र देशभक्त कम्युनिस्टहरुको पहलमा राष्ट्रिय स्वाधिनता र जनाधिकारलाई सुनिश्चित गर्नु पर्ने र यसका निम्ति दुई पार्टीबीच सघन र नियमित वार्ता र संवाद जारी राख्ने समझदारी भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।