![](https://janapatrika.com/wp-content/uploads/2023/10/received_2125650064493589.webp)
कालिकोट: नेकपाका स्थायी समिति सदस्य भरत सीले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुको लागि दलालपुँजीवाद र प्रतिक्रान्ति मुख्य दुश्मन भएको बताएका छन् । मंगलबार चार पार्टीको कालिकोट जिल्लाको समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी समिति सदस्य भरतले दलालपुँजीवाद र प्रतिक्रान्ति मुख्य दुश्मन भएको बताएका हुन् ।
उनले समाजवादी मोर्चा भनेको अबको क्रान्तिलाई नेपाली विशेषताको समावादमा पु्र्याउन गठन भएको दाबी गरे ।
उनले नेपालका सबै कम्युनिष्टहरु एमालेदेखि, वैद्य, मोहन विक्रम, रोहीत सबैलाई समाजवादी मोर्चामा आउन अपिल पनि गरे ।
नेता भरत सीले नेपालको काङग्रेस भित्रको विपि काईरालाको समाजवाद मान्य शक्ति पनि समाजवादी मोर्चामा अटाउन सक्ने बताए ।
उनले भने “समाजवादी मोर्चा भंग हुनुहुदैन । कम्युनिष्ट जनमत धेरै छ । सबै नेपालका कम्युनिष्टहरु समावेश हुनुपर्छ । विपीको समाजवाद मान्यलाई पनि ल्याउनु पर्छ । नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य सहित समाजवादी मोर्चा अगाडि बढाउनु पर्छ ।”
नेता भरत सीले अमेरिका हस्तक्षेपकारी नीति सहित नेपालमा आएको वताउदै नेपालमा एमसीसी कुनै पनि हालतमा कार्यान्वयन गर्न दिन नहुने बताए ।
उनले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसीसीको लिखित अंग बनाएर मान्न तयार अमेरिका भए मात्र सोच्न सकिने बताए । नेता भरतले कोही कसैको मौखिक कुराले १२ बुँदे मान्छौ भन्दैमा विश्वास गर्न नसकिने ठोकुवा गरे ।