११ कार्तिक २०८१, आईतवार

कालिकोटमा समाजवादी मोर्चाको घोषणा

0

कालिकोट: नेपाल कम्युनिष्ट पार्टी सहित चार पार्टी सम्वद्ध केन्द्रमा गठित समाजवादी मोर्चाको जिल्ला समिति कालिकोटको घोषणा भएको छ ।
मंगलबार सदरमुकाम मान्मस्थित जिल्ला समन्वय समितिको हलमा नेकपा, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयक्त रुपमा एक कार्यक्रमको आयोजना गरी समाजवादी मोर्चा जिल्ला समितिको घोषणा गरेका हुन ।
नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट बलवान सी,रमेश सी,नेकपा माओवादी केन्द्रको तर्फबाट  जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईं ,मनशोभा बुढा,नेकपा एकीकृत समाजवादीको तर्फवाट चित्रसिंह गाँउले, धिर बहादुर बिष्ट र नेपाल समाजवादी पार्टीको तर्फबाट माधब उपाध्याय सहभागी ७ जनाको समाजवादी मोर्चाको जिल्ला समिति घोषणा गरिएको हो ।
केन्द्रको समाजवादी मोर्चामा सहभागी नभएको बावुराम नेतृत्वको नेपाल समाजवादी पार्टी पनि मोर्चामा सहभागी भएको छ । तर जनता समाजवादी पार्टीको भने जिल्लामा उपस्थिति छैन ।


घोषणा सभा कार्यक्रममा नयाँ निर्वाचित टिमलाई बधाई दिदै नेकपाका स्थायी समिति सदस्य भरत सीले नेपालमा दलालपूँजीवाद र प्रतिक्रान्तिको मुख्य समस्या भएको भन्दै नेपालमा समाजवाद अनिवार्य भएकाले समाजवादी मोर्चा बनेको वताए । उनले अबको क्रान्तिले नेपालमा नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता तुलराज विष्टले समाजवादी मोर्चा अहिलेको आवश्यकता भएकोे बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका धनजीत शाही,नेपाल समाजवादी पार्टीका माधव उपाध्याय लगायतका नेताहरुले समेत बोलेका थिए ।
घोषणा कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मिप्रसाद चौलागाईको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।