११ कार्तिक २०८१, आईतवार

एमसीसी कार्यान्वयन गर्ने सरकारी निर्णय राष्ट्रघाती र जनमत विरुद्ध छ : अनिल सी

0

काठमाडौं: एमसीसी कार्यान्वयन गर्ने सरकारकाे निर्णय जनभावना, जनमत र राष्ट्रघाती रहेको आराेप नेकपाका स्थायी समिति सदस्य अनिल सीले लगाएका छन् ।
असाेज २६ गते सुनसरी जिल्ला स्तरीय समाजवादी माेर्चा, नेपाल घाेषणा तथा सन्देश सभालाई विशेष अतिथिकाे रुपमा सम्बाेधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र समाजवादकाे निर्माण काम नगर्ने र अहिलेकै नीति, व्यवहार कायम रहने हाे भने र उदारवादी अर्थनीति र दलाल पुजीवादकाे जुवामा नारिएर नेपाली विशेषताकाे समाजवाद सपनाको पुल मात्र हुने दाबी गरे ।


प्रमुख अतिथि बलदेव र महेश तथा जयराम यादवले पनि मन्तव्य राखेका थिए । पप्पु यादवकाे अध्यक्षता नेकपा सुनसरी इन्चार्ज डिवी सीले संचालन र स्वागत मन्तव्य भगिरथ खल्वेले गरेको कार्यक्रम सुनसरी निर्माण व्यवसायी संघकाे सभा कक्षमा भएकाे थियाे । सभाले पप्पु यादवकाे संयाेजकत्वमा नेकपाका डिवी सी र सुरेश सीसहित ८ सदस्यीय कार्यसमिति गठन गरेको छ ।अतिथि र निर्वाचित समितिलाई गाेविन्द निराैलाले धन्यवाद दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।