११ कार्तिक २०८१, आईतवार

युवा संगठन नेपाल उपत्यका ब्यूरोद्वारा मानव सेवा आश्रममा फलफूल वितरण

0

भक्तपुर: नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल उपत्यका ब्यूरोले मानव सेवा आश्रममा फलफूल वितरण गरेकाे छ ।

असोज २६ गते दिवंगत आफन्तहरुको सम्झनामा सङ्गठनले काठमाडौँमा रहेको मानव सेवा आश्रममा फलफुल वितरण गरेको हो   ।

फलफूल वितरणपछि सी स्मृति दिवसमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरिएको थियो ।

फलफुल वितरण तथा स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि युवा संगठनका उपत्यका ब्यूरो इन्चार्ज तथा केन्द्रिय प्रतिनिधि सदस्य अनील सी, अतिथि ठोक्बेगोला समाज अध्यक्ष मिङमा ड्ण्डु शेर्पाबाट सहयोग मानव सेवा आश्रमकी मनिसा खत्री लागायत पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको अनील सीले बताए ।

नेकपाको ९ औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको हुँदा सोही अनुरूप नै युवा संगठनले पहिलो सी स्मृति दिवस मनाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।