११ कार्तिक २०८१, आईतवार

अनेरास्ववियू (क्रान्तिकारी) कैलालीको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

0

कैलाली: नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) कैलालीको आयोजनामा शुक्रबार ११ विद्यालयका विद्यालय आधारभूत तहसम्मकाे विद्यार्थीहरुको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर १ को मोहन्याल माध्यमिक विद्यालय बडहरियामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा आधारभूत तहसम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा ग्रिन लाईट एकेडेमी प्रथम, रघुनाथ आदर्श माध्यमिक विद्यालय द्धितिय र सरस्वति माध्यमिक विद्यालय मोनिका तृतिय स्थान हाशिल गरेका छन् । प्रतियोगिता अवधिभर जम्मा ७० वटा समसामयिक प्रश्नहरु सोधिएका थिए ।


विजेयता टिम र विद्यालय परिवारलाई प्रमुख अतिथि अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य रामप्रसाद सी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई दिए ।
उनले विद्यार्थीहरुमा सृजनात्मक क्षमता विकासको लागि हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको बताउदै नेपालको शिक्षा व्यवहारिक हुनुपर्ने बताए ।
प्रतियोगितामा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि रामप्रसाद सी, कैलाली जिल्ला इन्चार्ज राप्ती सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज महेश सी, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधी सदस्य जंगबहादुर सी, नेकपाका मध्य कैलाली जिल्ला सेक्रेटरी जितु सी, मोहन्याल मा. वि. जोशीपुरका प्रधानाध्यापक, नेकपाका जिल्ला सदस्य मधुसुदन सी लगायत ११ वटै विद्यालयका शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।

अखिल (क्रान्तिकारी) का कैलाली जिल्ला संयोजक शेर बहादुर सीले प्रतियोगिताको संचालन तथा अध्यक्षता गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।