क्रान्ति सँग–सँगै प्रतिक्रान्ति जन्मिन्छ । नेपालमा २००७ सालमा क्रान्ति भयो । काङग्रेस कम्युनिष्टहरु सहभागी भए । कमजोर क्रान्ति भयो । प्रतिक्रान्तिकारी नै हावी भए । २०१७ सालमा राजा महेन्द्रको नेतृत्वमा प्रतिक्रान्ति भयो । २०४६ सालमा काङग्रेस कम्युनिष्टहले क्रान्ति गरे । थोरै भएनि परिवर्तन भयो । यो परिवर्तन जनताको पक्षमा थिएन । फेरी जनयुद्धको माध्यमबाट क्रान्ति भयो । जनयुद्ध विरुद्ध सेना परिचालनदेखि थुप्रै प्रतिक्रान्तिकारी कामहरु भए । यो प्रतिक्रान्तिको नेतृत्व राजा ज्ञानेन्द्रले गरे । २०६२/६३ को क्रान्ति भयो । संघीय गणतन्त्रसम्म परिवर्तन भयो । समाजवादोन्मुख संविधानमा लेखियो । तर यो पूर्ण छैन । तर पनि यस विरुद्ध प्रतिक्रान्तिहरुले टाउको उठाइरहेका छन् । कहिले प्रधानमन्त्री प्रचण्डको विरुद्ध मुद्धा लगाइन्छ, कहिले संसदमा माओवादी हत्यारा भनिन्छ र कहिले सडकमा माओवादी विरुद्ध नारा लगाइन्छ । माओवादीका कारण देश यो ठाउँमा आएको हो । माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नु प्रतिक्रान्ति कदम हो । अबको नेपालमा प्रतिक्रान्ति भयो भने पहिलेको जस्तो हुने छैन । अब स्वदेशबाट होइन,अन्तर्राट्रिष्य शक्तिले सिधै नेतृत्व गर्नेछन् । राष्ट्रिय स्वाधीनता कमजोर छ । अमेरिकी र भारतीय हस्तक्षेप बढेको छ । यो राम्रो संकेत होइन । अमेरिकी सेना नेपालमा परेड खेल्छ भने कोही काङग्रेस कम्युनिष्ट होइन, सबै मिलेर लड्नु पर्छ ।
यसविरुद्ध लड्न नेपालमा नेपाली विशेषताको समाजवाद जरुरी छ । त्यसका लागि समाजवादी मोर्चा बनेको हो । नेपाली विशेषताको समाजवादले मात्र स्वाधीनता दिन सक्छ । यसमा उस्तै परे विपीको समाजवादी विचार पनि ल्याउनु पर्छ । २३ अर्ब नेपालको ऋण छ । सामान्य खर्च चलाउन विदेशीको भरपर्नु पर्ने अवस्था छ । यो हटाउनु पर्छ । नेपालको मुख्य दुश्मन दलाल पूँजीवाद र प्रतिक्रान्ति नै हो । अब कम्युनिष्टहरु एक हुनै पर्छ । तर एक हुदा नयाँ विचार र नयाँ आधारमा एक हुनु पर्छ । एउटै कम्युनिष्ट पार्टी पनि बनाउनु पर्छ । तर पुराना खरावी पालेर होइन,आफ्नै टाउकोमा आफै आगो लगाएर रुपान्तरण भएर एक हुनुपर्छ । कम्युनिष्टको सबै भन्दा खरावी भ्रष्टाचार हो । यो माओले पनि चीनमा उठाएको विषय हो । आज नेपालमा पनि कम्युनिष्ट नेताहरु भ्रष्टाचारका कारण जेल छन् । यस्तो खरावीले हामी आफै सकिन्छौँ । आफ्नै खरावी विरुद्ध लड्नको लागि पनि समाजवादी मोर्चा बनेको छ । समाजवादी मोर्चाको उद्देश्य नेपालमा दलाल पूँजवादी संसदीय व्यवस्थाको ठाउँमा नेपाली विशेषताको समाजवाद ल्याउने हो । यसको मुख्य दुश्मन दलाल पुँजीवाद र प्रतिक्रान्ति नै हो । इतिहासमा पनि क्रान्तिकालमा कम्युनिष्ट बिग्रिएनन् तर सत्तामा गएर बिग्रिएका छन् । नेपालमा पनि त्यो समस्या आयो । यसलाई कम्युुनिष्टहरुले सुधार गर्नुपर्छ ।
कम्युनिष्ट मरेको छैन । आफ्नो विरुद्ध पनि आवाज उठाउने भनेको नै कम्युनिष्ट हो । रवी जस्ता बतासे पार्टीेहरुले कम्युष्टिहरुसँग खेल्ने दुस्साहस गर्नु हुँदैन । हाम्रो नाफाको जीवन हो । परिवर्तनका लागि खर्च हुन्छ । अहिले नेपाल नेपालीहरुको नियन्त्रण भन्दा बाहिर छ । यसलाई सहि ठाउँमा ल्याउन नेपाली विशेषताको समाजवादी नै आवश्यक छ । २१ औं सताव्दीमा नेपाल कसैको उपनिवेश बन्न सक्दैन । कहिलै पनि उपनिवेश नबनेको नेपाल विदेशीको भरिया हुदैन । देश चाहिन्छ । आफ्नो समाज चाहिन्छ । सहिद,बेपत्ता,घाईते तथा आम जनताको सपना अधुरा छन । ती सपना पुरा गर्न दलाल पुँजीवाद र प्रतिक्रान्तिका विरुद्ध लडौं । नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा लामवद्ध बनौं । यदि त्यसो गरेनौं भने नेपालमा प्रतिक्रान्ति हुन्छ । त्यसको नेतृत्व अन्तर्राष्ट्रिय शक्तिले गर्नेछ । त्योबेला देश र जनताको अस्तित्व नै समाप्त हुनसक्छ ।
(नेकपा स्थायी समिति सदस्य भरत सीले २०८० साल असोज २७ गते शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चा सुर्खेतको घोषणा कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा व्यक्त गरेको विचारको सम्पादीत अंश)
प्रतिक्रिया दिनुहोस्