१३ पुष २०८१, शनिबार

मकवानपुर बहुमुखी क्याम्पस बिएससी परिवारद्वारा स्वागत, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

0

हेटौंडा: मकवानपुर बहुमुखी क्याम्पस बिएससी परिवारद्वारा आयोजित स्वागत, बिदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । क्लब हेटौंडा पार्टी प्यालेसमा भएको कार्यक्रमको उद्घाटन मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले पानसमा बत्ती बाली गरेका हुन् ।

कार्यक्रमको आयोजना मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत बिएससी परिवारले गरेको हो । विगत लामो समयदेखि बिएससी परिवारको पारिवारिक सम्बन्ध घनिष्ठ बनाउने संस्कार अनुसार कार्यक्रम गरेको हो । बिएससी परिवारको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले गरेको कार्यक्रममा बिएससी प्रथम वर्षका विद्यार्थीलाई स्वागत तथा पास आउट ब्याचलाई बिदाइ गरिएको छ । विशेष गरि बिएससी दोस्रो वर्षले गुलाफको फूल दिएर पहिलो वर्षलाई स्वागत तथा चौथो वर्षले उपहार स्वरुप मायाको चिनो दिएर पास आउट ब्याचलाई बिदाइ गरिएको हो । साथै दोस्रो वर्षको तर्फबाट सुस्मिता नेपालले स्वागत मन्तव्य राखेका हुन् भने चौथो वर्षको तर्फबाट दीक्षा सुवेदीले बिदाइ मन्तव्य राखेका हुन् । मन्तव्यकै क्रममा उच्च शिक्षा हासिल गर्न मकवानपुर बहुमुखी क्याम्पस आएका प्रथम वर्षका सम्पूर्ण विद्यार्थी र चार वर्षे अध्ययन सकाएका पास आउटलाई उज्वल भविष्यको कामना समेत गरेका छन् ।

बिएससी चौथो वर्षका विद्यार्थी सुर्य बहादुर गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्ययको प्रमुख आतिथ्यता रहेको छ । त्यस्तै मानवीय संकायका प्रमुख संगम चौलागाईं, बिएससीका कोअर्डिनेटर देबेन्द्र ढकाल, प्राध्यापक राजकुमार गौतम, पास आउट ब्याचका विद्यार्थी विवेक घलान, स्ववियु मकवानपुर बहुमुखी क्याम्पसका सभाध्यक्ष छोइसाङ तामाङ, बिएससी प्रतिनिधि स्ववियु उपाध्यक्ष रोजन घिमिरे, सह सचिव सुबास तामाङ, अभिषेक दाहाल लागायतको आतिथ्यता रहेको छ ।

 

मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत बिएससी परिवारको जम्काभेटसँगै नेपालीहरुको महान चाड दशै, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रमको औपचारिक कार्यक्रम बिएससी चौथो वर्षका छात्रा प्रीयंका बरुवाल र तेश्रो वर्षका छात्र सबिन महत र अनौपचारिक कार्यक्रमको सन्चालन बिएससी चौथो वर्षका छात्रा दीक्षा सुवेदी र छात्र प्रनिश घिमिरेले गरेको जानकारी कार्यक्रमका सभाध्यक्ष तथा बिएससी चौथो वर्षका छात्र सुर्य बहादुर गोलेले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।