कैलाली: नेपाल कम्युनिष्ट पार्टीसहित चार दल सम्बद्ध समाजवादी मोर्चाको प्रदेश स्तरिय सन्देश सभा सोमबार धनगढीमा हुँदैछ । धनगढी स्थित सौराही पार्टी प्यालेसमा सन्देश सभाको आयोजना गरिएको र तयारी पूरा भएको मोर्चाले जनाएको छ ।
गत भदौ १३ गतेका लागि तय गरिएको सन्देश सभा सोही दिन भएको एमसीसीको कार्यान्वयन सम्झौताको विवादले स्थगित भएको थियो ।
सन्देश सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव विप्लव सी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने कार्यक्रम छ ।
सन्देश सभामा सम्वोधन गर्न नेकपाका महासचिव विप्लव सी बझाङका भुकम्प पीडितलाई राहत वितरण गरेर आइतबार साझँ नै धनगढी पुगिसकेका छन् । समाजवादी मोर्चाको प्रदेश स्तरिय सन्देश सभाहरु यसअघि नै अरु प्रदेशमा भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्