२ मंसिर २०८१, आईतवार

सत्ताको खेल काठमाडौंबाट विराटनगर सरेको छ : मनिस सुमन

0

हामी आफै र  देशलाई समाजवादतिर लगौं भनेर समाजवादी मोर्चा बनाएका छौँ । केन्द्रमा हुँदै आएको सत्ताको खेल आज कोशीमा सरेको छ । भ्रटाचार गरेर भएपनि थुपारिएन भने भोलि पारिवारिक सुरक्षा कसले  गरिदिन्छ ? त्यही भएर भ्रष्टाचार हुन्छ । राज्यले सामाजिक सुरक्षा नगरिदिए पछि भ्रष्टाचारको कारण रहिरहन्छ । हाम्रो सरकार छ, विप्लव वाहेक अरु प्रधानमन्त्री, उपप्रधानमन्त्री भयौं । खोई त समाजवाद लागु गरेको ? हामीले काम गर्नु पर्यो । भएन भनेर कसले कसलाई सुनाएको हो ?
हामीले स्थायी सत्ताको दासत्व स्वीकार गरेका छौँ । त्यसैले स्थायी सत्ताबाट स्वतन्त्र हुनुपर्छ । शिक्षा विद्येयकमा योगासन घुसाईएको छ । यो के गर्न खोजेको हो ? शिक्षा मन्त्रीले थाहै पाउनु भएन । स्थायी सत्ताले घुमायो । खेलायो । अशोक राई जस्तो विद्वान नेताले योगासनको  विषय ऐनमा राख्दा बुझ्दैनन् । कपडा लगाउन, खान ऐनले सिकाउने हो की अस्पतालले !
विप्लव बाहेक मोर्चाका हामी सबै सत्तामा छौँ । हाम्रो संविधानमा प्रधानमन्त्री फेर्ने व्यवस्था नै गरेको छैन । त्यो काम स्थायी सत्ताले गरिरहेको छ । राष्ट्रिय गीतमा जसरी नै प्राप्त उपलब्धिको रक्षा गर्दै सबै जनताले मेरो देश भन्ने वातावरण सृजना गरौं भन्ने हो । आज नै हाम्रो बीचमा एकता भईहाल्दैन । हाम्रो उठबस, व्यवहार, जीवनशैली समाजवादी छैन । हामीले देशलाई समाजवादी कसरी बनाउँला !
(जनता समाजवादी पार्टीका प्रवक्ता मनिस सुमनले २०८० असोज २५ गते मोरङ रङ्गेलीमा सम्पन्न समाजवादी मोर्चाको  मोरङ जिल्ला घोषणा तथा सन्देश सभामा व्यक्त विचारको सम्पादीत अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।