बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का गणेश नेपालीकाे परिवारलाई राहत स्वरुप मालिका भवानी प्रवास भारत बझाङ थलाराले सहयाेग गरेको छ ।
आज एक कार्यक्रमका बीच इजरायलमा मृत्यु भएका गणेशकाे परिवारलाई मालिका भवानी प्रवास भारत बझाङ थलाराले आर्थिक सहयाेग गरेको हाे । आफुहरु कमाई गर्ने नेपालबाट विदेशमा गएर पनि आफ्नै नेपालीकाे पिडालाई खेप्न नसक्दा प्रवासी परिवारले सहयाेग गरेको शंकर दाहालले बताए ।
मित्रराष्ट्र भारतमा रहेका मालिका भवानी प्रवास भारत बझाङ थलाराका दाजुभाईले सुदुरपश्चिकाे कामना टेलिभिजनमार्फत पीडित गणेश नेपालीकाे घरमै पुगेर १६ हजार ५ सय रुपैयाँ सहयाेग गरेकाे हाे । यसरी भारतबाट आफ्नो दु:खलाई भुलेर पनि सहयाेग गरेको भन्दै पीडित परिवारले सहयाेगी सबैलाई धन्यवाद दिएका छन् ।
आपसमा सानाे सानाे रकम जम्मा गरेर राहत स्वरुप नगद हस्ताक्षर गरेका हुन् । सहयाेग गर्नेमा थलारा मालिका प्रवास भारत बझाङमा अध्यक्ष सुशील कूवरले ११०१, उपाध्यक्ष लोकेश थापा ५५१, उपाध्यक्ष करन कूवर ११२१, महासचिव महेश कुवर ५०५, सचिव जगत थापा ५१५, सहसचिव धन बहादुर कूवर ५५१, कोषाध्यक्ष दिपेन्द्र कुंवर ५५१, सह जगत बानिया ५५१, सल्लाहकार जय बहादुर थापा ११११, प्रमुख सचेतक बासु देव उपाध्याय ५००, बरिष्ठ सदस्य गोबिन्द खाती ५००, कलाकार नारायण बोहोरा ५५५, सदस्य मदन किमाडी ५०५, सदस्य भरत थापा ५५१ सदस्य नरेश कुवर ५५१ सदस्य प्रकाश दाहाल २५१ सदस्य नारायण दाहाल ३५१ सदस्य गोबिन्द ऐडि ५०५ सदस्य रमेश बोहोरा ५५१ गरि राहत उपलब्ध गराएका हुन् ।