१ मंसिर २०८१, शनिबार

दाङ्गमा अखिल (क्रान्तिकारी)का एक युवाद्धारा लोभलाग्दो फुल खेती

0

दाङ्ग । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का एक युवाले दाङमा फुलखेती गरेका छन । उनले दशै तिहारको समयमा भारतबाट आयतित हुने फुललाई विस्थापित गर्ने उद्देश्य राखेर फुलको खेती गरेको बताएका छन । फुलखेतीले दाङ्गका युवा विद्यार्थीहरुमा आकर्षण पैदा भएको छ ।

पश्चिम दाङ अन्तरगत तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष केवी वलीले तुलसीपुर– १ भमकेमा करिब ५ कठ्ठा जमिन भाडामा लिएर २५०० सय जति हजारी फुलका वेर्ना रोपेर फुलको खेती गरेका हुन । खेतमा हजारी फुलले ढप्क ढाको छ । हेर्ने मान्छे समेत लोभिने गरेर फुलहरु फुलेका छन ।

नेकपाले लिएको उत्पादनको नीतिलाई युवा विद्यार्थी नेता बलीले आत्मसात गरी फरक तथा मनोमहक हुने फुल खेतीको उत्पादन गरेका हुन ।

शान्तिनगर –३ एकरातेमा जन्मिएका नेता वली कक्षा ९ देखि बिद्यार्थी राजनीतिमा जोडिएका हुन् । उनी अहिले राजनीति शास्त्रको अध्ययन गरिरहेका छन् ।

आफ्नो रोजाइ राजनीति भएपनि हरेक नेताकार्यकर्ता आत्मनिर्भर नबन्दासम्म मुलूकको राजनीति सफा नहुने उनको तर्क रहेको छ ।
करिव ५० हजार लगानीबाट सुरु गरेको फुल खेतिबाट करिव दुई देखि अढाइ लाख सम्म कमाउने लक्ष्य राखेको उनले बताएका छन ।

गफ गरेर मात्रै हुदैन,नेता वलीले भने ‘आत्मनिर्भर बन्न , देश समृद्ध पार्न एकपटक आफ्नो माटोसंग प्रत्येक नेपाली युवाले सिँगौरी खेल्नुपर्छ ।’
तिहारका लागि लक्षित गरि उत्पादन गरिएको फुलको अग्रिम २०० केजी बुकिङ्क भएको उनले बताएका छन ।

काठमाडौंबाट १०० केजी र स्थानीय स्तरमा १०० केजी बराबरको अग्रिम बुकिङ्क भएको युवा विद्यार्थी वलीले वतएका हुन ।
वलीले प्रत्यक युवा स्वदेश फर्किएर उत्पादनको काममा लाग्न सुझाव दिए । उनले भने ‘ठुलाठुला कुरा गरेर मात्रै हुँदैन , नेताहरुलाइ गाली गरेर मात्रै हुँदैन । अब प्रत्येक युवा देश फर्किनुपर्छ । आफ्नै देशमा उत्पादन गर्नु पर्छ ।’

उनले देशको बिद्यमान दलाल संसदीय व्यवस्थालाई धुलोमा मिलाएर समाजवाद स्थापना नगरे सम्म युवाहरु विदेश जानेक्रम नरोकिने पनि बताए । युवा विद्यार्थी वलीले वास्तविक शान्ति, समृद्धि र स्वाधीनता समाजवादमा मात्रै प्राप्त हुने पनि ठोकुवा गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।