५ जेष्ठ २०८१, शनिबार

नेकपाको केन्द्रीय उत्पादन टिमद्धारा राजापुरमा उत्पादन गरेको धान भित्र्याईयो

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय उत्पादन टिमले राजापुरमा उत्पादन गरेको धानखेती भित्र्याएको छ ।

तीन दिन सम्म लगातार धान काट्ने कम्पायन मेसिनले धान काट्दै संगै दाई हाल्दै गरी गयराती ९ बजे मात्र धान काट्ने र दाई हाल्ने काम सकिएको नेकपा बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले जानकारी दिएका छन ।

धान रामै उत्पादन भएपनि कत्ति क्विन्टल उत्पादन भयो भनेर गणना गर्न वाँकी गरेको नेकपाका पिविएम तथा राजापुर केन्द्रीय उत्पादन विभागका प्रमुख आधार सीले जानकारी दिए ।

नेकपाले सहिद दशरथचन्द माध्यमिक विद्यालयको लिज्मा लिएको करिव १२ विगाह जग्गामा धान खेती गरेको थियो ।

नेकपाको केन्द्रीय उत्पादन टिमले आत्मनिर्भर पार्टी,नेता र कार्यकर्ताको नीति अनुसार देशका राजापुर,कपिलवस्तु,चितवन,दाङ लगायतका विभिन्न जिल्लामा धान खेती गरेको हो । केन्द्रीय उत्पादन टिमले लगाएको अन्य जिल्लाको धानखेती पनि भित्र्याउने काम भइरहेको नेकपा श्रोतले जनाएको छ ।

राजापुरको केन्द्रीय उत्पादन टिमसंग नेकपा दक्षिण कर्णाली ब्यूरो र नेकपा बर्दियाले निरन्तर साथ दिएका छन ।

धान काट्ने र भित्र्याउने कार्यमा नेकपाका पिविएम आधार सीसंगै बन्धु सी,नरेश सी (रक्तिम),नेकपाका दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सी,नेकपा केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सी लगायतका नेता कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।