२२ बैशाख २०८१, शनिबार

हङकङलाई हराउँदै नेपाल फाइनलमा

0

काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ ।

शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

उसका लागि अंशुमन रथले सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २÷२ विजकेट लिए भने दीपेद्र सिंह ऐरी र डेब्युटेन्ट प्रतिश जिसीले एकएक विकेट लिए ।

यसअघि टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो ।
नेपालको सुरुवात भने राम्रो थिएन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल मात्र २ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमै आउट भए । त्यसपछि आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाउँदा नेपालको स्कोर ५५÷४ थियो ।

तर, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे । दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे ।
टी–२० आईमा पाँचौ विकेटका लागि यो नै उच्च साझेदारी हो । यसअघि न्युजिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाकिस्तानविरुद्ध पाँचौ विकेटका लागि अविजित १२१ रनको साझेदारी गरेका थिए ।

कीर्तिमानी साझेदारी गर्ने क्रममा मल्ल शतक नजिक पुगे भने ऐरीले अर्धशतक बनाए । ३० बलमा ५० रन पूरा गरेका ऐरी १९औं ओभरको अन्तिम बलमा ५७ रनमा आउट भए । ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका हानेका थिए ।

मल्ल भने ८ रनले शतक बनाउन चुके । शतकका लागि उनलाई ८ रन चाहिएको थियो र २ बल बाँकी पनि थियो । तर बाउन्ड्री हान्ने प्रयासमा मा उनी आउट भए । ४१ बलको सामना गरेका उनले ९ वटा छक्का र तीन चौकाको मद्दतमा ९२ रन बनाए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।