३ आश्विन २०८१, बिहीबार

भूकम्प प्रभावितहरुको उद्धारका लागि राज्यको सम्पूर्ण शक्ति लगाउनु पर्छ : विप्लव 

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले रुकुम पश्चिम र जाजरकोटमा भूकम्पबाट प्रभावितहरुको उद्धारका लागि राज्यको सम्पूर्ण शक्ति लगाउनु पर्ने बताएका छन् । नेकपाको केन्द्रिय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितहरुका उद्धार तथा राहतका लागि प्रधानमन्त्री प्रचण्डको एक्लो दौडधुपले मात्र नहुने भन्दै भूकम्पबाट प्रभावितहरुको उद्धारका लागि राज्यको सम्पूर्ण शक्ति लगाउनु पर्ने बताएका हुन् । 

शनिबार बिहान उपत्यकामा उपलब्ध स्थाई समिति सदस्य तथा केन्द्रिय सदस्यहरुको आकस्मिक बैठकबाट पारित भएको राहत तथा उद्धार कार्यक्रमलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपाका महासचिव विप्लवले आफ्नो पार्टीले भुकम्प पीडितको राहतका लागि महत्वपूर्ण निर्णय गरेको र उद्धारका लागि पार्टी भित्रका विभिन्न जनवर्गीय संगठनहरु तथा सिंगो पार्टीपङ्तिहरुलाई  निर्देशन दिइसकेको र केही उद्धार टोली राहत र स्वास्थ्य सामाग्री लिएर प्रभावित क्षेत्रमा गइसकेको बताए ।  

राहत तथा उद्धारका लागी सरकारले संयुक्त मन्त्री परिषदको बैठक बसेर प्रभावित क्षेत्रमा सरकारी उद्धार टोली, स्वास्थ्यकर्मीको टोली र पीडितका लागि लत्ता कपडाका साथै खाद्यान्न छिटो भन्दा छिटो पुर्याउनु पर्नेमा ढिलासुस्ती गरेको टिप्पणी गरे । झट्ट हेर्दा सरकारको तदारुकता देखिने तर प्रधानमन्त्री एक्लै जस्तो हुने यो गलत छ, तत्काल राज्यस्तरबाट संयुक्त क्याभिनेटको निर्णय आउनु पर्ने उनको भनाइ थियो । राज्यले राहतका लागि राज्यको सम्पूर्ण शक्ति लगाउनु पर्नेमा जोड दिए । 

पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले भने, ‘आज बिहान बसेको हाम्रो पार्टीको आकस्मिक बैठकले हाम्रो पार्टीको आफ्नै उत्पादन गोदामबाट १ सय कट्ठा चामल प्रत्यक्ष लगेर प्रभावित क्षेत्रमा वितरण गर्ने र रु. एक लाख रुपैयाँ राज्यको राहत कोषमा जम्मा गर्ने, साथै देशका राजधानी लगायत सबै जिल्लाहरुबाट राहतका लागि लत्ता कपडा टेन्ट, औषधी र आर्थिक संकलन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पार्टीले आफ्नै पनि राहत कोष बनाउने निर्णय भएको सम्मेलनमार्फत जानकारी गराए । आजै मात्र प्रवास जनप्रगतिशील मोर्चा युरोपले १ लाख पठाउने घोषणा गरेको छ भने पूर्वी युरोप लगाएत भारत, र देशभित्रका व्यापारी समाजसेवीहरुबाट आर्थिक संकलन गर्ने निर्णय भएको छ ।’  उक्त कोषमा सञ्चित रकम प्रभावित क्षेत्रको राहतको लागि लगाउनेछौँ ।’ 

उनले पत्रकारहरुको जिज्ञासालाई चिर्दै भने सरकारले जति गर्नुपर्ने हो त्यो भएको छैन जति भएको छ त्यसका लागि धन्यवाद दिनैपर्छ । प्रभावित क्षेत्रका सुरक्षा निकाय सिडियो, स्थानिय जनाप्रतिनिधिहरुसँग कुरा गर्दा उद्धारका लागी समस्या भएको गुनासो सुन्यौँ, त्यसका लागि पार्टीको तर्फबाट केन्द्रिय नेताहरुको नेतृत्वमा विभिन्न जिल्लाबाट स्वयंसेवक टोली लैजान निर्देशन गरिसकेका छौँ, महासचिवले आफु स्वयम् पनि प्रभावित क्षेत्रमा गएर नेताकार्यकर्ताहरुसँगै राहत तथा उद्धारमा खटिने बताए । 

पार्टी केन्द्रिय कार्यालयमा आयोजित  पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता प्रकाण्ड सीले पार्टीले घोषणा गरेको राहत तथा उद्धार वक्तव्य पढेर सुनाएका थिए भने पत्रकार सम्मेलनमा नेकपाका स्थायी कमिटी सदस्य अनिल सी, शिलु सी, भरत सी, सुशिल सी लगायत नेताहरुको उपस्थिति रहेको थियो । 

यस्तो छ नेकपाद्वारा जारी राहत तथा उद्धार वक्तव्य:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।