३ आश्विन २०८१, बिहीबार

नेकपा सुर्खेत र बाँकेद्धारा भूकम्प पीडितलाई राहत संकलन सुरु

0

 

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी सुर्खेत र बाँकेले भूकम्प पीडितहरुको लागि राहत संकलन टिम बनाएर राहत संकलन अभियान थालेका छन् ।

शनिवार दिउसोबाट नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज ध्रुव सीको नेतृत्वमा वीरेन्द्रनगरमा राहत संकलन टिम बनाएर राहत संकलन गर्न थालिएको पत्रकार अशोक शाहीले जनाएका छन ।

वीरेन्द्रनगरका उद्योगी व्यवसायी तथा मनकारीहरुले भूकम्प पीडितको लागि राहत संकलन टिमलाई खुशीेले लत्ता कपडा,रासन पानी लगायतको सामग्री सहयोग गरेका छन ।

यस्तै नेकपा बाँके पनि जाजरकोट र रुकुमका भूकम्प पीडितहरुको लागि राहत संकलन टिम बनाएर शनिवारबाट राहत संकलनमा जुटेको छ । नेकपाका केन्द्रीय सदस्य, जिल्ला स्तरका नेता, कार्यकर्ताहरु राहत संकलन अभियानमा जुटेको पत्रकार खिम डिसीले जनाएका छन । नेपालगन्जका व्यापारी तथा सहयोगदाताहरुले राहत संकलन टिमलाई सक्दो सहयोग गरेका छन ।

सुक्रवारको राती ११ः४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प भएको थियो । भूकम्पका कारण करिब १५७ जनाको ज्यान गएको छ भने १६६ जना बढी घाईते भएका छन । भूकम्पले लाखौंको भौतिक सम्पतिको क्षति गरेको छ । नेकपाले संकलन भएको राहतलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमका पीडितहरुलाई हस्तान्तरण गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।