२५ पुष २०८१, बिहीबार

राहत संकलनका लागि कानून व्यवसायी र मानव अधिकारवादी संगठनहरु पनि सक्रिय

0

काठमाडौं: जाजरकोट/रुकुम पश्चिम जिल्लामा भूकम्प पीडितका लागी राहत, उद्धार र पूर्ननिर्माणमा कानून व्यवसायी र मानव अधिकारवादी संगठनहरु पनि सक्रियता देखाएका छन् । भूकम्प पीडितका लागी राहत, उद्धार र पूर्ननिर्माणमा सहभागी हुनका लागि प्रगतिशील कानून व्यवसायी संगठन र जनअधिकार अभियान नेपालको संयुक्त बैठक सम्पन्न भएको छ ।

प्रगतिशील कानून व्यवसायी संगठनका अध्यक्ष कपिलचन्द्र पोखरेल र जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायतको टिमको संयुक्त बैठकले आफ्ना मातहतका कानुन  व्यवसायी र मानवअधिकारकर्मीलाई भूकम्प प्रभावितहरुकाे लागि राहत, उद्धारमा लाग्न निर्देशन दिएका छन् ।

उक्त बैठकमा नेकपाका महासचिव विप्लव सीले समसामयिक राजनैतिक विषयको चर्चा गर्दै भूकम्प पीडितका लागि राहत संकलनमा सहभागी बन्न आग्रह गरे । बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा प्रगतिशील कानून व्यवसायी संगठनका फ्र्याक्सन इन्चार्ज चिरञ्जीवि सीले राहत कार्यमा दुवै संगठनहरु संक्रिय हुने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।