६ जेष्ठ २०८१, आईतवार

टिकापुरमा युवा र मजदुर संगठनद्धारा भूकम्प पीडितलाई राहत संकलन सुरु

0

कैलाली । युवा संगठन नेपाल र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नगरकमिटी टिकापुरले संयुक्त रुपमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत संकलन सुरु गरेका छन् ।

युवा संगठन नेपालका केन्द्रीय निवर्तमान उपाध्यक्ष दिनेश सीको नेतृत्वमा युवा संगठन र मजदुर संगठनका नगरकमिटीका नेता कार्यकर्ताहरुको सहभागितामा राहत संकलन अभियान सुरु गरेका हुन ।

 

 

राहत संकलन टिमलाई टिकापुरका उद्योगी,व्यवसायी तथा नगरबासीहरुले सक्दो सहयोग गरेको राहत संकलन टिमको नेतृत्व गरेका दिनेशले जानकारी दिएका छन ।

व्यवसायीहरुले राहत संकलन टिमसंग नेपालीहरुमा समस्या पर्दा र आफूहरुले सक्दो सहयोग गरी दुखपरेको बेला मलम पट्टी लगाउन पाउनु आफ्नो दायित्व भएको प्रतिक्रिया दिएका छन ।

आज मात्रै ६२ हजार भन्दा बढी जिन्सी सामान र ८ हजार भन्दा बढी नगद संकलन भएकोे युवा संगठन नेपालले जनाएको छ ।
संकलन भएको राहत टिकापुरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेर भूकम्प प्रभावित जिल्लामा पठाईने नेकपाका केन्द्रीय सदस्य समेत रहेका दिनेशले जानकारी दिएका छन ।

राहत संकलन टिममा नेकपाका केन्द्रीय सदस्य दिनेश, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव पूर्ण सी, नेकपा टिकापुर इन्चार्ज जगत सी, सेक्रेटरी कटक सी, खेलाडी रतन विक लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । सुक्रवार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले ठुलो धनजनको क्षति गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।