बुटवल: नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीको अनाैपचारिक बैठक सम्पन्न भएको छ । बैठकले २०८० कार्तिक १७ गते राति ११:४४ बजेको समयमा जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पको कारण ठुलो जनधनको क्षति हुन पुगेको छ ।
विनाशकारी भुकम्पमा ज्यान गुमाउने दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भुकम्प पीडितलाई खाद्यान्न, लत्ताकपडासहित ५० हजार नगद उपलब्ध गराउने नेकपा रूपन्देहीले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्