१० मंसिर २०८१, सोमबार

पूर्वी ताम्सालिङ्ग ब्यूराेद्वारा संकलित राहत सामाग्री महासचिव विप्लवलाई हस्तान्तरण

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ्गले भूकम्प पीडितहरुको लागि राहत संकलन गरि हस्तान्तरण गरेको छ ।
नेकपा महासचिव विप्लव सीलाई आज राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
ब्यूरो इन्चार्ज विकल्प सीको नेतृत्वमा संकलन गरिएको राहत सामाग्री पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा ब्युरो सदस्यहरु इन्द्र सी, युगीन सी, रमेश लगायतकाे टोलिले महासचिव विप्लवलाई हस्तान्तरण गरेको हो ।

संकलित राहत सामाग्रीहरुमा पैतालिस थान कम्बल, दुई बोरा लुगा र घाइतेहरुको उपचारको लागि एकतीस कार्टुन औषधी रहेका छन् ।


उक्त राहत सामाग्री भूकम्प पीडितहरुको लागि भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम महासचिव विप्लवमार्फत लैजाने तयारी भइरहेको छ । राहत सामाग्री संकलन गर्ने क्रम जारी रहेको केन्द्रीय प्रतिनिधि समिति सदस्य  युगीनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।