५ जेष्ठ २०८१, शनिबार

मुगुमा आधारभूत पत्रकारिता तालिम सुरु

0

मुगु । जिल्लाको सदरमुकाम गमगढीमा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । जनपत्रकार संगठन नेपाल उत्तर कर्णाली ब्युरोको आयोजनामा ५ दिने आधारभूत पत्रकारिता तालिमको आइतवारबाट सुरु भएको हो ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता,मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादको लागि जनपत्रकारिता’ भन्ने मुलनारा सहित तालिमको उद्घाटन भएको छ ।

तालिमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा मुगु जिल्ला इन्चार्ज समाज सीले समाजवादी व्यवस्था ल्याउने अभियानमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले अहिलेसम्मको हरेक राजनीतिक परिवर्तनमा पत्रकारहरूले ठुलो भूमिमका खेलेको भन्दै समाजवादी व्यवस्था ल्याउनेमा क्रान्तिकारी पत्रकारको दायित्व ठुलो हुने बताए ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले जनपत्रकारहरु जनताको पत्रकार भएकाले समाजका विभिन्न विकृति विसंगति र समाजिक समस्याका सवालमा कलम चलाउन आग्रह गरे ।

तालिममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वकर्मा, नेकपाका केन्द्रीय सदस्य तथा मुगु जिल्ला इन्चार्ज समाज सी, जिल्ला सेक्रेटरी शंकर सी, जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य शोभराज बराल र कर्ण विश्वकर्माको आतिथ्यता रहेको थियो ।

तालिममा उत्तर कर्णाली ब्युरोको हुम्ला, मुगु र जुम्ला जिल्लाका करिव दर्जन बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तालिममा समाचार लेखन र पत्रकारिताका बारे सैद्धान्तिक ज्ञान दिईने छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उपेन्द्र रावलको अध्यक्षता उद्घाटन भएको तालिमको संचालन कल्पना रोकायाले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।