२२ बैशाख २०८१, शनिबार

दोस्रो निशान कप भलिबल प्रतियोगितामा रोल्पाको लालिगुरास प्रथम स्थान हासिल

0

निशान युवा क्लब त्रिवेणी गाउँपालिका ४ रुकुम पश्चिमद्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै तर्फको प्रथम स्थान रोल्पाको लालीगुराँस युवा क्लबले प्राप्त गरेको छ ।
कार्तिक १३ देखि १७ सम्म रुकुम त्रिवेणी ४ खारा खुम्चेरीमा आयोजित प्रतियोगितामा रोल्पाको लालीगुराँस युवा क्लब परिवर्तन रोल्पा पुरुष भलिबल र महिला भलिबल दुबै तर्फ प्रथम स्थान हासिल गरेको हो । १६ टिम सहभागी खेलमा पुरुष भलिबल तर्फ रुघा रुकुम दोस्रो स्थान प्राप्त गरेको छ भने तेस्रो स्थानमा रुकुमको मुरु युवा क्लबले हासिल गरेको अध्यक्ष लोक बहादुर बांठाले बताए ।


यस्तै पुरुष भलिबलमा सान्त्वना स्थान रुकुमको जिवाङले प्राप्त गरेको छ ।
यस्तै महिला भलिबल तर्फ दोस्रो स्थान दार्मा सल्यान, तेस्रोमा मुरु रुकुम र सान्त्वनामा रुकुमको झुल्नेटाले हासिल गरेको हो ।
रोल्पाको लालीगुरास युवा क्लब साविक राप्ती क्षेत्रको स्थापित र सक्रिय क्लब समेत हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।