५ जेष्ठ २०८१, शनिबार

राहत संकलनका क्रममा गिरफ्तार भएका नेकपा नेता कार्यकर्ता रिहा, ब्युरो इन्चार्जद्वारा सम्मान

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरोका नेता कार्यकर्ताहरु रिहाई भएका छन् । आज दिउँसो काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट राहत सामाग्री संकलन गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको निर्णय अनुसार जाजरकोट र रुकुममा भूकम्प पीडितहरुलाई राहतका लागि उपत्यका ब्युरोले राहत संकलन अभियान सञ्चालन गरेको छ। त्यसै क्रममा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो । ७ घण्टा प्रहरी नियन्त्रण पछि रिहा भएका नेकपाका नेताकार्यकर्ताहरुलाई ब्युरो इन्चार्ज कृति सीले खाँदा लगाएर स्वागत गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य भृकुटी सी, ३ नम्बर जिल्ला इन्चार्ज डि आर सी, डिसीएस दिपक सी, चिन्तन सी, रविन सी, गोविन्द सी, रविन सी, विवेक सी, गोपाल सी, राज गजमेर, लगाएत नेता कार्यकर्ताहरु गिरफ्तार भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरोले सञ्चालन गरेको अभियानले आज मात्रै ९२ हजार नगद, १२ बोरा कपडा, ३२ हजारको औषधी,२ बोरा जुत्ता चप्पल लगाएर राहत सामाग्री संकलन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।