कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि आईतबारबाट राहत संकलन अभियान सुरु गरेको छ ।
राहत संकलनको पहिलो सुरुवात जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको हो । सायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले नेकपाले भूकम्प पीडितका लागि सहयोग अभियान संचालन गर्नु राम्रो काम भएको भन्दै नगद सहयोग प्रदान गर्दै राहत संकलन अभियानको उद्घाटन गरे ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज बलवान सीको नेतृत्वमा पूर्वी कालिकोट सेक्रेटरी रमेश सी लगायतका जिल्ला स्तरका नेता कार्यकताहरुको सहयोग अभियानमा सहभागिता रहेको छ ।
आज पहिलो दिन संचालन गरिएको सहयोग अभियानबाट केही लजेष्टिक र १२ हजार ११५ रुपैया नगद संकलन भएको नेकपाका जिल्ला इन्चार्ज बलवान सीले जानकारी दिए । नेकपाले सदरमुकाम मान्म बजारमा सहयोग अभियान सुरु गरेको हो ।
जिल्ला स्थिति सहयोगदाता उद्योगी व्यापारीहरुले भूकम्प पीडितका लागि सहयोग गर्न पाउनु गर्भको विषय भएको भन्दै सक्दो सहयोग गरेका छन ।
गत सुक्रवार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति बनाएको थियो ।