८ कार्तिक २०८१, बिहीबार

नेकपाको उद्धार टिमद्धारा रुकुम पश्चिममा निरन्तर उद्धार,राहत र सहयोगको कार्य जारी

0

रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टीको राहत वितरण तथा उद्धार टिमले भूकम्पले प्रभावित रुकुम पश्चिममा निरन्तर उद्धार, राहत र सहयोगको काम गरिरहेको छ ।

नेकपाका पिविएम असल सी र नेकपाका राप्ति व्यूरो इन्चार्ज सविन सीको प्रत्यक्ष कमाण्डमा दर्जनौ नेता कार्यकर्ताहरु उद्धार,राहत र सहयोग अभियानमा लागेको राप्ति व्यूरो इन्चार्ज सविन सीले जानकारी दिएका छन ।

राहत तथा उद्धार टिमले आईतबार र सोमबार घेत्मा,भल्मा,बाँके जिउला,छेपारे,नगर अस्पताल आठविसकोट,सिम्लीमा राहत तथा उद्धारको काम गरेको छ ।

यो टिमले भूकम्पबाट मृत्यु भएकाहरुको सामुहिक दाहसंस्कारको काममा समेत सहभागी भएको छ ।

राहत तथा उद्धार टिमले भूकम्प पीडितहरुको लागि टेन्ट,त्रिपाल, लत्ता कपडा तथा खाद्ययनको अभाव भएको बताएको छ ।

टिमले आफ्नो तर्फबाट हुने जति उपलब्ध गराएपनि अझै पुर्ती हुन नसकेकाले सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।