८ कार्तिक २०८१, बिहीबार

नेकपा पश्चिम दाङले यो वर्ष ५० क्विन्टल धान फलायो

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले यो वर्ष ५० क्विन्टल धान फलाएको जनाएको छ । पार्टीका पश्चिम दाङ जिल्ला सचिव निर्मल सीले पार्टीको आत्मनिर्भर नीति अन्तर्गत जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको कन्ज्वारमा करिव सवा दुई बिगाह जग्गामा रोपेको धान ५० क्विन्टल उत्पादन भएको बताए ।

नेता निर्मलले बाँझो जग्गालाई पार्टीले लिज्मा लिएर उत्पादन कार्यलाइ अगाडि बढाएको समेत बताए । बाँझो जग्गामा पहिलोपटक खेती गर्दा अपेक्षा अनुसार यो वर्ष उत्पादन नभएपनि आउँदो वर्ष उत्पादनलाई बढाएर लिन सकिने जिकिर गरेका छन् ।

नेकपाले आईतबार नै पार्टीको सम्पूर्ण शक्ति परिचालन गरि धान भित्र्यााउने कार्य सम्पन्न गरेको हो ।

उत्पादन कार्यमा सहयोग गर्ने पार्टीका नेताकार्यकर्ता लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै महानुभावहरुलाइ नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङ जिल्ला इन्चार्ज प्रदिप सीले धन्यवाद समेत व्यक्त गरेका छन् ।

अबको खेतिपातीलाई अझै थप व्यवस्थित गरेर अघि बढाउने पार्टीको योजना रहेको इन्चार्ज प्रदिप सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।